बाह्रदशी :- सन्थाल आदिवासी महिलाहरूलाई सिलाई कटाई तथा मिसिन वितरण कार्यक्रम ।

सन्थल आदिवासी महिलाहरूका लागि सिलाई कटाई तथा मिसिन वितरण कार्यक्रम सम्पन्न भएको छ।

झापाको बाह्रदशी गाउँपालिका का सन्तल आदिवासी महिलाहरूका लागि सीप विकास तथा सशक्तिकरण कार्यक्रम अन्तर्गत आधारभूत सिलाई कटाई कार्यक्रम तथा सिलाई मिसिन वितरण कार्यक्रम सम्पन्न भएको हो।


प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बाह्रदर्शी गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत ६५ दिने सिलाई कटाई कार्यक्रम सञ्चालन गरिएको थियो।

६५ दिन सम्म संचालन गरिएको सिलाई कटाई तालिम पश्चात् सन्थाल आदिवासी महिलाहरूलाई २४ थान सिलाई मेसिन वितरण गरिएको हो। वितरण कार्यक्रम मा गाउँ पालिका अध्यक्ष देवेन्द्र प्रसाद चमलागाईं, उपाध्यक्ष शान्ता देवी सियाकोटी प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला कार्यपालिका सदस्य लक्ष्मी निरौला वडा सदस्य विजय प्रकाश अधिकारी जेन्सी शाखा प्रमुख राजु गिरी लगायतको उपस्थितिमा उक्त सिलाई मेसिनहरु वितरण गरिएको थियो।


सीमान्तकृत सन्थाल आदिवासी महिलाहरूमा शिव विकाससँगै आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रदेश सरकार तथा पालिकाबाट ६५ दिने सिलाई कटाई तालिम सञ्चालन गरिएको हो।

आदिवासी जनजातिको बाहुल्यता रहेको बाह्रदशी गाउँपालिका मा महिला सशक्तिकरण तालिम सञ्चालन गरी महिलाहरूमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाले विभिन्न समयमा सन्थाल समुदाय मुस्लिम समुदाय पिछडा वर्ग लगायत आफ्नो पहुँचमा नपुगेका महिला हरूको छनोट गरी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जसले गर्दा महिलाहरूमा आत्मनिर्भर का साथै स्वावलम्बी भएर समाजमा बाँच्न पाउने अधिकारलाई पालिकाले सुनिश्चित गर्दै आइरहेको छ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email