बाह्रदशी:- मत्स्य पालन कृषकहरुका लागि विभिन्न सामाग्री वितरण।

२०८२-०३-२५ बाह्रदशी

बाह्रदशी गाउँपालिका पशु सेवा शाखाले मत्स्य पालक कृषक हरूलाई विभिन्न सामाग्री हरु वितरण गरेको छ।

चालू आर्थिक वर्ष २०८१/०८२ को मत्स्य विकास कार्यक्रम अन्तर्गत स्वीकृत बजेट ६ लाख ५०००० हजार रकम बाट बाह्रदशी गाउँपालिका को पशु शाखाले एक कार्यक्रमको आयोजना गरी मत्स्य पालन कृषकहरूलाई सामाग्री वितरण गरेको हो।

उक्त सामाग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाईं,प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला,वडा नं ७ का वडा अध्यक्ष मित्रराज भट्टराई,वडा नम्बर ५ का वडा अध्यक्ष वीरबहादुर सिंह राजबंशी,वडा सदस्य भीम बुढाथोकी,पशु शाखा प्रमुख देवनारायण यादव लगायत बाट मत्स्य पालक कृषकहरूलाई सामग्री वितरण गरिएको थियो।

बाह्रदशी गाउँपालिकाले बाह्रदशी भित्र रहेका मत्स्य पालक कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त सामग्रीहरू वितरण गरिएको हो।

पालिकाको ८५ प्रतिशत लगानी र मत्स्य पालक कृषकहरूको १५ प्रतिशत लगानीमा तीन इन्चको मोटर ५ थान,दुई इन्चको मोटर ३ थान,समर्सिल पम्प ९ थान,ब्रस कटर ४ थान, वाटर पम्प ४ थान,एरिगेसन पाइप २० फिट १६ थान, चुना १६६५ केजी मत्स्य पालक कृषकहरुलाई वितरण गरिएको थियो साथै पालिकाले मत्स्य पालक कृषकहरूलाई मत्स्य विकास प्रविधि तालिम समेत प्रदान गरेको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares