बिर्तामोडमा गजल साझ तथा प्रदेश स्तरीय कवि सम्मेलन सम्पन्न

बिर्तामोडमा गजल साझ तथा प्रदेश स्तरीय कवि सम्मेलन सम्पन्न

कोशी प्रदेश भरिका साहित्यकारहरुको उपस्थितिमा झापाको बिर्तामोडमा गजल साझ तथा बृहत कवि सम्मेलन सम्पन्न भएको छ ।


साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोड १ को आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश को सह-आयोजनामा प्रादेशिक कवि सम्मेलन भएको हो । सम्मेलनमा कोशी प्रदेश भरिका साहित्यकार संगै भारत आसामका साहित्यकारहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा झापा , मोरङ, इलाम , पाँचथर ,ताप्लेजुङ ,तेह्रथुम , सुनसरी , धनकुटा ,भारतको आसामलगायतका ठाउँका ६० भन्दा बढी कविहरुले कविता वाचन गर्नुका साथै समावेशी गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष भगवती ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन प्रा.डा. टंकप्रसाद न्यौपानेले गर्नुभयो । कार्यक्रममा असम नेपाली साहित्य सभाका अध्यक्ष दुर्गा खतिवडा, धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे , दमक प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति हेम अधिकारी , आख्यानकार राजेन्द्र संग्रौलालगायतले शुभकामना र रचना प्रस्तुत गर्नुभयो । त्यस्तै साहित्यकार गोपिकृष्ण खतिवडाले झापा को साहित्य क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रम लाई बिर्ता मिडिया एण्ड इन्टटेग्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक एल सी श्रेष्ठ र सुनिता तामाङले संचालन गरेका थिए।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email