बाह्रदशी गाउँपालिकामा असार २४ गतेदेखि जग्गाको कित्ता काट खोल्ने
बाह्रदशी, असार २२ । झापाको बाह्रदशी गाउँपालिकामा असार २४ गते आइतबारबाट जग्गाको कित्ताकाट खुल्ने भएको छ ।
गाउँपालिकाले जग्गाको वर्गीकरण गरे सँगै आइतबारबाट जाग्गाको कित्ताकाट खुला हुने गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चौलागाईंले जानकारी दिए ।

भू–उपयोग नियमावली, २०७९ परिच्छेद–३ दफा १० बमोजिम बाह्रदशी गाउपलिका भित्रका जग्गाहरूको जग्गाधनी दर्ता स्रेस्ता र जग्गधनी दर्ता प्रमाणपूर्जी अध्यावधिक गर्ने कार्य सम्पन्न भएपछि कित्ताकाट खुला हुने भएको बाह्रदशी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले जानकारी दिए।
सरकारले केही महिनाअघि मात्रै जग्गाको वर्गीकरण अनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई १.कृषि २.आवासीय ३.व्यवसायी४.औद्योगिक ५.खानी तथा खनिज ६.वन ७.नदि,खोला,ताल तथा सिमसार ८.सार्वजनिक उपयोग ९.साँस्कृतिक तथा पुरातात्त्विक र १०.नेपाल सरकार बाट आवस्यकता भइ तोकिएका अन्य क्षेत्र गरि १० वटा समूहमा वर्गीकरण गरिएको छ।बाह्रदशी को हकमा भूमी व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको १० वटा समुह मै वर्गीकरण गरिएको बाह्रदशी गाउपालिकाका अमिनी रबिन्द्र अधिकारीले बताए।
जग्गाको वर्गीकरणको काम सम्पन्न गरे सँगै गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई र प्रमुख प्रशासकीय अधिकृत थापाले जिल्ला मालपोत कार्यालय झापाका प्रमुख योगेन्द्र प्रसाद दुलाललाई हस्तान्तरण गरेका छन् ।




