बिर्तामोडलाई औद्योगिक तथा ब्यवसायिक हबको रुपमा विकास गर्ने योजना छ ः राजु न्यौपाने


फाल्गुन ११, २०८०
बिर्तामोड ।

बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले बिर्तामोडलाई औद्योगिक तथा ब्यवसायिक हबको मुख्य क्षेत्र का रुपमा विकास गर्ने योजना अघि सारेका छन् । जसका लागि बिर्तामोडको औद्योगिक तथा व्यवसायिक क्षेत्रको ‘रोड म्याप’ मार्गचित्र तयार गरी सम्वन्धित निकायहरुसंग समन्वय गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

बिर्तामोड औद्योगित करिडोरको अवधारणालाई कार्यान्वयनमा ल्याउन आफू लागि परेको बताएका न्यौपानेले बिर्तामोडका व्यवसायी माथि भएको अनियन्त्रित कर वृद्धिलाई तथा दोहोरो करका कारण व्यवसायीमा देखिएको समस्याहरुको समाधान गरिने बताए । उनले बिर्तामोड बजार क्षेत्रमा देखिएको पार्किङको समस्या दीर्घकालिन रुपमा समाधानका लागि पहल गर्ने र बजार क्षेत्रमा सार्बजनिक शौचालय निर्माणका लागि व्यवस्थित भौतिक संरचना निर्माण गर्दै फोहोर ब्यवस्थापनका लागि समेत जोड दिने बताएका छन् ।

बिर्तामोड बजारका दिनानुदिन बढ्दै गएकाले रात्रिकालिन बजार सञ्चालनमा ल्याउन जोड दिँदै त्यसका लागि आबश्यक सुरक्षा व्यवस्था मिलाउन पहल गर्ने र रात्रि कालिन बजारलाई आर्कषक बनाउन स्टेट फुड स्टलहरुको व्यवस्थाापनमा जुट्ने उनको भनाई छ ।

फागुन १४ गते हुने निर्वाचनका लागि आम उद्योगी व्यवसायीहरु माझ घर दैलो कार्यक्रममा रहेका उनले आफू अध्यक्षमा निर्वाचित भएसंगै व्यवसाय सञ्चालनमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण विकास गर्दै बिर्तामोड उद्योग वाणिज्य संघलाई पेपरलेस कार्यालयका रुपमा समेत विकास गरेर लाने बताउँदै आएका छन् ।

लोकतान्त्रिक ब्यवसायिक समूहको नेतृत्व गर्दै अध्यक्ष पदका लागि साझा उम्मेद्वार बनेका न्यौपानेले आफूसंगै आफ्नो सिङ्गो समूहलाई मतदान गर्दै विजयी गराउन आम उद्योगी ब्यवसयीलाई आग्रह गरेका छन् ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares