भद्रपुर झापा गोल्ड कपको फाइनल खेल आज हुदै,उपाधिका लागि झापा ११ एफसी र भद्रपुर व्लेजर्स भिड्दै।

भद्रपुर, फागुन१६ । भद्रपुरमा जारी भद्रपुर झापा गोल्ड कपको फाइनल खेल आज हुदैछ । फाइनल खेल मोफसलको चर्चित क्लब झापा ११ एफसी र भद्रपुर व्लेजर्स विच हुने आयोजकले जनाएको छ । खेल मेची रंगशालामा दिनको ठिक २.३० वजे हुने अध्यक्ष दिपेश ढकालले वताउनुभयो ।

भद्रपुरस्थित मेची रङ्गशालामा  भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भद्रपुर ब्लेजर्सले बङ्गलादेशको क्राउन बाजार प्रगति सङ्घलाइ ट्राईवेकरमा हराउदै फाइनल प्रवेश गरेको हो । विहिवार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकले आ आफुले उपाधि जित्ने दावि गरेका छन ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares