मिस्टर एण्ड मिस एस इ इ बिजेताहरु लाई पन्ध्र लाख भन्दा बढीको छात्रवृत्ति वितरण
बिर्तामोड झापा , बिर्ता मिडिया प्राली द्वारा आयोजित कार्यक्रम मिस्टर एन्ड मिस एस इ इ 2023 प्रदेश १ का बिजेता हरुलाइ बिर्तामोड अतिथी सदनमा एक कार्यक्रम का बिच छात्रवृत्ति प्रदान गरिएको छ ।

मिस एस इ इ बिजेता निसिम थाम्सुहाङ मिस्टर एस इ इ बिजेता एनिक चौधरी फस्ट रनरअप सलिना गुरागाईं , सेकेन्ड रनरअप चेतसा न्यौपाने त्यस्तै मिस्टर एसईईको फस्ट रनरअप उत्तम थापा र सेकेन्ड रनरअप योगेश लिम्बू को साथै प्रतियोगितातर्फ मिस कन्फीडेन्ट स्नेहा ढुंगाना, वेस्ट वाल्क चेतसा न्यौपाने,वेस्ट स्माइल सेन्थीया लिम्बू, मिस हार्डवर्किङ संगीता राजवंशी, वेस्ट ट्यालेन्ट निसिम थाम्सुहाङ,मिस व्युटीफुल सुप्रिना संग्रौला, वेस्ट फिगर टोनिसा भण्डारी, मिस एक्टीभ प्रियंका लामिछाने, मिस फोटोजेनिक सलिना गुरागाईं, मोस्ट फे्रण्डली अनिक चौधरी, मोस्ट हेण्डसम उत्तम थापा, मोस्ट अनेस्ट आशिका ढकाल, मिस पर्सनालिटी विपिसा संग्रौला, मिस्टर इनरजेटिक निश्चल लिम्बू, मिस पङच्युअल चेतकुमारी लिम्बू, मिस मोरालिटी सञ्जु मिया, मिस्टर फोटोजेनिक योगेश लिम्बू, मिस डिसिप्लेन विपिका राजवंशी, वेस्ट डान्सर कृतिका लिम्बू, मिस चार्मिङ लिजा राई, मिस पपुलर चेतकुमारी लिम्बू, मोस्ट पपुलर कृतिका लिम्बू, भ्युवर च्वाइज सुप्रिना संग्रौला लाई निदी स्कूल तथा इन्द्रेणी क्याम्पस बिर्तामोड, श्री हरिकुल सुरुङ्गा, आदर्श स्कूल अफ होटल म्यानेजमेन्ट बिर्तामोड, होलीवेल इङलिस स्कूल धुलाबारी, पशुपति इङलिस स्कूल सुरुङ्गा, , स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्ट बिर्तामोड, सिद्धार्थ इङलिस स्कूल खोर्साने , ब्राइट फ्युचर इङलिस स्कूल सुन्दर हरैचा , युएन नवोदय कलेज धरानले छात्रवृत्ति प्रदान गरिएको छ ।

गत बर्ष देखि नै यस प्रकारको कार्यक्रमको आयोजना गरि विभिन्न कलेजमा ८ जना छात्रवृत्तिमा अध्यन गरिरहेका छन् र यस पटक पनि १५ लाख भन्दा बढी बराबरको पुरस्कार २० जना लाई प्रदान गरिएको हो।उक्त छात्रवृत्ति दाता कलेजहरु लाई धन्यवाद पत्र समेत प्रदान गरिएको थियो ।
बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिका निर्देशक एलसी श्रेष्ठको अध्यक्षता तथा पत्रकार महासङ झापाको अध्यक्ष एकराज गिरि को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतियोगिताको एजुकेशन पार्टनर निदि सेकेण्डरी स्कुल तथा इन्द्रेणी क्याम्पसका प्रमुख रञ्जित शाह श्री हरिकुल स्कुलका प्रधानाध्यापक रोशन खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । होलिबेल अङ्ग्रेजी माध्यमिक बिधालय का कोअर्डिनेटर दिपेस पाठक महासङका उपाध्यक्ष केशव भट्टराई लगायत पत्रकार हरुको उपस्थिति रहेको थियो।कार्यक्रमको संयोजन बिजय लिम्बुले गर्नु भएको थियो भने संचालन दिनेश राज शर्माले गर्नु भएको थियो




