श्री फूलबारी माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजद्वारा गुरु पूर्णिमा को अवसरमा ५ पूर्व शिक्षक हरू सम्मानित।

बाह्रदशी:-२०८२

श्री फूलबारी माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज ले गुरु पूर्णिमा को अवसरमा पूर्व शिक्षक हरूलाई सम्मान गरेको छ।


झापाको बाह्रदशी गाउँपालिका वार्ड नं ५ मा रहेको श्री फुलबारी माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले आज गुरुपूर्णिमाको अवसरमा  पाँच जना पूर्व शिक्षकहरूलाई सम्मान गरेको हो।
  श्री फुलबारी माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज का अध्यक्ष उत्तमकुमार खड्काको अध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष वीरबहादुर सिंह राजबंशीको प्रमुख अतिथ्यमा आयोजना गरिएको कार्यक्रममा पाँच जना पूर्व शिक्षकहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा नन्दलाल उपाध्याय पराजुली,अर्जुन प्रसाद पौडेल,टेकनारायण सिंह राजबंशी, भूपेन्द्र कटुवाल,प्रमानन्द झा लगायतलाई दोसल्ला टोपी लगाई सम्मान गरिएको थियो।

त्यस्तै पूर्व विद्यार्थी समाजले गुरु पुर्णियाको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा श्री फुलबारी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेशका कोषाध्यक्ष ओम प्रकाश गौतम, नेपाल रेड क्रस सोसाइटी चकचकी शाखाका सभापति दयानन्द गोस्वामी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।


कार्यक्रममा सम्मानित को तर्फबाट पूर्व शिक्षक भूपेन्द्र कटवालले आफ्ना कुरा राख्नुभएको थियो भने श्री फुलबारी माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले आयोजना गरिएको उक्त कार्यक्रम लाई सफल बनाउनको लागि शम्भु बोखिम लिम्बुबाट नगद रू. ११ हजार १०,मुकुन्द कडेलबाट ६७००,कृष्णकुमार उप्रेतिबाट ५००० भद्रपुर बासी पूर्व विद्यार्थी समूहबाट ४ हजार बराबरको मायाको चिनो साथै नगद रु. २ हजार सहयोग गर्नुभएको थियो।


पूर्व विद्यार्थी टिकाराम उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रममा श्री फुलबारी माध्यमिक विद्यालय पूर्व विद्यार्थी सङ्घका उपाध्यक्ष जीवन धमलाले कार्यक्रम सञ्चालन गरेका थिए।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email