पुलिसलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब क्वाटरफाइनल मा प्रवेश

पुलिसलाई हराउँदै चर्च   ब्वाइज युनाइटेड क्लब क्वाटरफाइनल मा प्रवेश
पुलिसलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब क्वाटरफाइनल मा प्रवेश

भद्रपुर, फागुन ८ । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे । सिंहले ४० औँ र चौधरीले खेलको ५६ औँ र ६० औँ मिनेटमा गोल गरे । किप्परबाट पञ्च भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गरेका थिए ।
पहिलो गोलपछि आक्रमक बनेको चर्च ब्वाइजले दोस्रो हाफमा थप दुई गोल ग¥यो । दुवै गोल चर्च ब्वाइजका स्ट्राइकर चौधरीले गरे ।
खेलको ५६ औँ मिनेटमा सुवास गुरुङले गरेको पासमा पेनाल्टी एरियामा रहेका चौधरीले गोलमा परिणत गरेका थिए । लगत्तै ६० औँ मिनेटमा चौधरीले अर्को गोल थपे ।
मैदानबाट बल अघि बढाउँदै चौधरीले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको अधिकांश समय पुलिस क्लब चर्च ब्वाइजको दबाबमा परेको थियो । खेलभर पुलिसको प्रदर्शन कमजोर देखियो । चर्च ब्वाइजले राम्रो प्रदर्शन गरे पनि अवसरलाई सदुपयोग गर्न सकेन ।
खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
जितसँगै चर्च ब्वाइजले क्वाटरफाइनलमा बुधबार मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ । मंगलबारको पहिलो क्वाटर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।
प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360