नयाँ बर्ष को सुरुवात संगै बाह्रदशी भलिबल टिमलाई उपाधी।

इलाम , सुर्योदय नगरपालिका वडा न.१३ ले आयोजना गरिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मा बाह्रदशी भलिबल टिम बिजय भएको छ ।


D.W.झापा लाई ३-२ को सेटमा हराउँदै बाह्रदशी भलिबल टिमले उपाधि चुमेको हो। सुर्योदय नगरपालिका वडा न.१३ ले नयाँ बर्ष को उपलक्ष्यमा आयोजना गरेको खुल्ला पुरुष भलिबल खेलमा १६वटा टिमको सहभागी रहेको थियो।सेमिफाइनलमा कन्काइ नगरपालिका लाई हराउँदै फाइनलमा पुगेको बाह्रदशी भलिबल टिमले D.W.झापा लाई सुरुवाती चरण देखि नै दबाबमा राख्दै आफ्नु पोइन्ट लाई अग्रता दिएर सहजै बिजय हासिल गरेको हो।
खेलका लागि प्लेयर अफ टुनामेन्ट बिमन खड्का घोषित भए भने बेस्ट स्पिकर प्रमोद पाण्डे,बेष्ट सट्टर मुस्कान लिम्बु ,बेस्ट कुइक कृष्ण तामाङ,बेस्ट ब्लक रोहित सिवाकोटी घोषित भए।उनिहरुलाइ नगदसहित ट्रफि र प्रमाणपत्र समेत प्रदान गरिएको बाह्रदशी भलिबल टिम म्यानेजर प्रकाश फुयाल ले जानकारी दिनु भयो।साथै उत्कृष्ट टिम कोच बाह्रदशी भलिबल टिमका कोच कुमार कटुवाल घोषित भए।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares