बाह्रदशी गाउपालिका-बालबिबाह,चेलिबेटी बेचबिखन तथा दाइजो प्रथा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

बाह्रदशी चैत २८, बाह्रदशी गाउपालिका स्तरीय महिला  मुल समिति द्वारा बालबिबाह,चेलीबेटी बेचबिखन तथा दाइजो प्रथा विरुद्ध २ दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।


  बाह्रदशी गाउपालिका अध्यक्ष उपाध्यक्ष को कोष बाट विनियोजित बजेट बाट गरिएको कार्यक्रम गा.पा. स्तरीय महिला मुल समिति अध्यक्ष बिन्दा निरौला को अध्यक्ष मा संचालित कार्यक्रममा सातै वडाका २५० जना विद्यार्थीहरु,अगुवा महिलाहरुले सहभागिता जनाएका थिए।


  कार्यक्रम मा २न. वडा का वडाध्यक्ष भिम कार्की को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा प्रशिक्षक इन्दिरा न्यौपानेले बालबिबाह,चेलीबेटी बेचबिखन तथा दाइजो प्रथा विरुद्ध सम्बन्धि प्रशिक्षार्थी  हरुलाइ प्रशिक्षण दिनु भएको थियो।


  कार्यक्रम पुर्व अध्यक्ष रेनुका भुर्तेल ले आफ्ना कुरा हरु राख्नु भएको थियो भने प्रमुख अतिथि कार्किले अहिले धेरै बिकृती हरु सामाजिक संजाल सहि तरिकाले प्रयोग नगरेको कारण यस्ता समस्या हरु पनि दिन प्रतिदिन बड्दै गै रहेको छ भन्ने कुरा मा जोड दिनु भयो।त्यसै गरि कार्यक्रम को अध्यक्ष बिन्दा निरौला ले बालबिबाह,दाइजो प्रथा तथा चेलीबेटी बेचबिखन हुनु मा कति कुरा हाम्रो अज्ञान्ता र गलत सास्कृतिक मुल्यमान्यता ले गर्दा पनि बढेको भन्ने कुरा राख्नु भएको थियो।
उक्त कार्यक्रम बाह्रदशी गाउपालिका महिला मुल समिति सचीव बाल कुमारी लामिछाने ले सन्चालन गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares