आयोजक दमक बहुमुखी क्याम्पस सहित चार कलेजको विजयी सुरुवात

आयोजक दमक बहुमुखी क्याम्पस सहित चार कलेजको विजयी सुरुवात

दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ ।

दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ गोल अन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो । खेल अवधिभर दमक बहुमुखीले आस्थालाई दबाबमा राखेको थियो ।

त्यस्तै, आजै भएको दोस्रो खेलमा मोडल क्याम्पस दमकले युनिक कलेज दमकलाई ६–३
गोल अन्तरले हरायो । तेस्रो खेलमा महेन्द्र मोरङ बहुमुखी क्याम्पसलाई पथरी क्याम्पसले ४–१ गोल अन्तरले हरायो । पथरीबाट खेलेका खेलाडी सो क्याम्पसका नभएको भन्दै महेन्द्र मोरङका खेलाडीले विरोधपत्र दर्ता गराएका छन् ।

चौथो खेल शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा र महेन्द्र बहुमुखी क्याम्पस धरानबीच हुने भए पनि शनिश्चरे नआएपछि महेन्द्र विजयी घोषित भयो ।

आजको अन्तिम तथा पाँचौँ खेलमा गौरादह कृषि क्याम्पसलाई दमक बहुमुखी क्याम्पस ‘बि’ ले ६–२ गोल अन्तरले हरायो ।

आयोजक युनियन सभापति सोविन न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दै छन् । दमक–९ को रणभूमि फुटसल कोर्टमा जारी प्रतियोगिताको फाइनल खेल साउन १० गते हुनेछ ।

विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email