राष्ट्रिय युवा संघ नेपाल बाह्रदशीको दोस्रो गाउँ अधिबेशन सम्पन्न।

राष्ट्रिय युवा संघ नेपाल बाह्रदशीको दोस्रो गाउँ अधिबेशन सम्पन्न।

राष्ट्रिय युवा संघ नेपाल बाह्रदशी गाउँपालिकाको ऐतिहासिक दोस्रो अधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल बाह्रदशी गाउँ कमिटी अध्यक्ष मेरुङ योङ्गहाङ को अध्यक्ष रहेको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य तथा झापा इन्चार्ज बिशाल भट्टराईको रहेको थियो।

बाह्रदशीको कबड हलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भट्टराईले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रम खुल्लाशत्र र बन्दशत्र गरि दुई चरणमा संचालन गरिएको थियो।अधिवेशनको बन्दसत्रले २ बर्षे कार्कालका लागि नयाँ कार्यसमिति सचय गर्ने छ। कार्यक्रममा सन्थाल जातिली आफ्नो पहिचान सहितको सन्थाल नृत्य प्रस्तुत गरेका थिए। साथै सोही कार्यक्रममा प्रमुख अतिथि बिशाल भट्टराई र खगेन्द्र आङ्दाङ्वेले बाह्रदशी युवा संघको नयाँ लोगो सहितको टि–सर्ट सार्बजनिक गर्नुभएको थियो।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा झापा इन्चार्ज बिशाल भट्टराई, विशिष्ट अतिथिहरू एमाले केन्द्रिय सदस्य हरिबादुर राजवंशी, प्रदेश सांसद छबिलाल चुडाल, युवा संघ बाह्रदशी उत्प्रेरक खगेन्द्र आङ्दाङ्वे, अतिथिहरू कोशी प्रदेश सचिवालय सदस्य बसन्त बानियाँ, असारू राजवंशी, सागर पोर्तेल, रोजिना पाण्डे, युबराज राजवंशी, अनिल सापकोटा लगायत अतिथिहरुले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि भट्टराईले गत निर्वाचमा चौतर्फि घेराबन्धिका बिच ३४ वटा जिल्लाबाट नेकपा एमालेको प्रतिनित्व गर्न सकेको बताउन भयो। नेकपा एमाले भष्ट्रचार नगर्ने जिकिर गर्दै प्रचण्ड सरकारले ५० फायल खोलेपनि एमालेलाइ कुनै असर नपर्ने बताउनु भयो।

प्रदेश सांसद छबिलाल चुडालले माओवादीको १२ बर्षे युध्दले नै दैनिक १५ सय यूवा दिनहु बिदेशीनुको जड भएको धारणा व्यक्त गर्दै युवाले कृषिमा सुधार गरेर विदेशमा रहेका युवालाई स्वदेश फिर्ता ल्याउनु पर्ने धारणा राख्नु भएको थियो। बाह्रदशीमा दुई बर्ष अघि युवा संघ गठनगर्न खडेरी रहेकोमा अहिले युवाहरुको ठूलो जमात देख्दा खुशी भएको र युवाहरूको संगठन प्रति सकारात्मक बिकास भएको सागर पोर्तेलको धारणा थियो ।

साथै कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा झापा इन्चार्ज बिशाल भट्टराई, एमाले केन्द्रिय सदस्य हरिबादुर राजवंशी, प्रदेश सांसद छबिलाल चुडाल, बाह्रदशी उपाध्यक्ष सान्ता देवि शिवाकोटी, युवा सघं बाह्रदशी उत्प्रेरक खगेन्द्र आङ्दाङ्वे, कोशी प्रदेश सचिवालय सदस्य बसन्त बानियाँ, असारू राजवंशी, नेकपा एमाले बाह्रदशी अध्यक्ष बुद्धराज कार्की, नेकपा एमाले बाह्रदशी ईन्चार्ज भुपेन्द्र कट्वाल, सागर पोर्तेल, रोजिना पाण्डे, युबराज राजवंशी, जिल्ला सचिवालय सदस्य लक्ष्मण पाठक, लगायत नेता कार्यकर्ता तथा युवा संघ सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बाह्रदशी युवासंघ ईन्चार्ज अनिल सापकोटाले बाह्रदशी युवासंगको स्थापना कालदेखि हाल सम्मको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो भने अध्यक्ष मेरुङ ले हाल सम्मको संगठनको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। युबराज राजवंशीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव सिद्धान्त ढकालले गर्न्रभएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email