खुला प्रतिस्पर्धाबाट छनोट भएका कटुवालको पदस्थापन, गौरीशंकर माविमा नयाँ व्यवस्थापन समिति गठन

खुला प्रतिस्पर्धाबाट छनोट भएका कटुवालको पदस्थापन, गौरीशंकर माविमा नयाँ व्यवस्थापन समिति गठन

४ साउन २०८३, अभिषेक धमला ।

बाह्रदशी गाउँपालिकाले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत छनोट गरेका प्रधानाध्यापकमध्ये गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालको औपचारिक पदस्थापन गरिएको छ। पदस्थापनसँगै विद्यालयको नयाँ व्यवस्थापन समिति र अभिभावक–शिक्षक संघ ‘पीटीए’ पनि गठन गरिएको छ।

बाह्रदशी–७ डाँगीबारीस्थित विद्यालयमा आयोजित कार्यक्रममा वाह्रदशी गाउँपालिका वडा नम्वर ७ का कार्यवाहक अध्यक्ष फेदुलाल राजवंशीले नवनियुक्त प्रधानाध्यापक कटुवाललाई पदस्थापन गराउँदै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा प्रभावकारी नेतृत्वको अपेक्षा व्यक्त गरे। कार्यक्रममा नवगठित विद्यालय व्यवस्थापन समितिलाई स्वागत तथा बधाईसमेत दिइएको थियो।


यसैबीच विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सागर माझी चयन भएका छन्। सदस्यमा शान्ति राजवंशी, विष्णु राजवंशी र मन्सा मुर्मू रहेका छन् भने सदस्य–सचिवको जिम्मेवारी विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले सम्हाल्नेछन्।

यस्तै, अभिभावक–शिक्षक संघ ‘पीटीए’ मा अनिता लुवागुन, इन्द्रवती राजवंशी, गायत्रा चापागाई, मीरा सुवेदी, विष्णु अधिकारी र अरुण कामते चयन भएका छन्।


विद्यालयका सहायक प्रधानाध्यापक हेम राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी शिक्षिका रुपा कुमारी राई ले स्वागत गरेकी थिइन्। कार्यक्रममा
विद्यालयका जग्गा दाता राजु राजवंशी, पूर्व अध्यक्ष इन्द्रबहादुर राई , विद्यालय व्यवस्थापन समितिका लेखा संयोजक नारायण लम्साल, फूलबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल, लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक लोचनकुमार गुरागाईं ले गरेका थिए।

बाह्रदशी गाउँपालिकाले हालै प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि–२०८२ अनुसार खुला प्रतिस्पर्धाबाट १५ जना प्रधानाध्यापक छनोट गरी करार सम्झौतासहित नियुक्तिपत्र प्रदान गरेको थियो। शैक्षिक योग्यता, तालिम, कार्यअनुभव, विद्यार्थीको नतिजालगायतका सूचकका आधारमा गरिएको छनोटलाई सामुदायिक विद्यालयमा पारदर्शिता, प्रतिस्पर्धा र गुणस्तरीय नेतृत्व विकासतर्फको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।

खुला प्रतिस्पर्धाबाट नियुक्त भएका कटुवालको गौरीशंकर माध्यमिक विद्यालयमा भएको पदस्थापनलाई गाउँपालिकाले लागू गरेको नयाँ प्रधानाध्यापक छनोट प्रणालीको व्यवहारिक कार्यान्वयनका रूपमा समेत लिइएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

4 thoughts on “खुला प्रतिस्पर्धाबाट छनोट भएका कटुवालको पदस्थापन, गौरीशंकर माविमा नयाँ व्यवस्थापन समिति गठन

  1. красивое бриллиантовое кольцо
    Выбор кольца с бриллиантом — это шаг к символу любви и верности. На рынке представлено огромное разнообразие моделей, что делает выбор более сложным. Перед покупкой стоит определить свой бюджет и подобрать подходящий размер. Перед покупкой убедитесь, что украшение сопровождается всеми необходимыми документами. Цвет, чистота и кар op — ключевые параметры при выборе бриллианта. Лучше всего приобретать украшения у надёжных ювелирных магазинов или официальных дилеров. Онлайн-шоппинг позволяет выбрать много вариантов, но не забывайте проверить репутацию и наличие документов. Купить кольцо с бриллиантом — это не только приобретение украшения, но и символ любви, который будет радовать долгие годы.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360