बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनको भव्य उद्घाटन सहित विधिवत् गृह प्रवेश सम्पन्न

बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनको भव्य उद्घाटन सहित विधिवत् गृह प्रवेश सम्पन्न

५ भदौ २०८३, अभिषेक धमला।

बाह्रदशी गाउँपालिकाको नवनिर्मित सुविधा सम्पन्न तथा अपाङ्गमैत्री प्रशासकीय भवनमा वैदिक विधिअनुसार पूजा–अनुष्ठान सम्पन्न गर्दै भव्य उद्घाटन सहित विधिवत् गृह प्रवेश गरिएको छ।

नयाँ प्रशासकीय भवनको गृह प्रवेश कार्यक्रमको पूर्वतयारीस्वरूप २०८३ साल भाद्र ३ गतेदेखि वैदिक मन्त्रोच्चारण तथा श्रीमद्भागवत पाठपारायणसहित पूजा–अनुष्ठान सुरु गरिएको थियो। भाद्र ३ गतेदेखि ५ गतेसम्म विभिन्न धार्मिक विधि तथा अनुष्ठान साथै एक लाख बत्ती लक्ष्यवर्ती साथै होमादी सहित सम्पन्न गरी आज ५ गते पञ्चकन्या सहित गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाई तथा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया द्वाय ले रिबन काटी भव्य उद्घाटनका साथ नयाँ प्रशासकीय भवनमा विधिवत् गृह प्रवेश गरिएको हो।

गृह प्रवेश कार्यक्रममा सात वडाकै वडा अध्यक्ष,वडा सदस्य , सम्पूर्ण कर्मचारी,विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ प्रशासकीय भवनबाट गाउँपालिकाले नागरिकलाई अझ सहज, व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।बाह्रदशी गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले निर्माण गरिएको उक्त भवन सुविधा सम्पन्न तथा अपाङ्गमैत्री रहेको गाउँपालिकाले जनाएको छ।

नयाँ प्रशासकीय भवन निर्माणका लागि बाह्रदशी गाउँपालिकाले भगवती नेपाल पूर्वाधार जेभी, इलाम–७ सँग २०७९ साल कार्तिक २८ गते ६ करोड १३ लाख रुपैयाँमा सम्झौता गरी निर्माण कार्य अघि बढाएको थियो। भवन निर्माणमा संघीय सरकारको ६० प्रतिशत र बाह्रदशी गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी रहेको छ।निर्माण कार्य सम्पन्न भएसँगै नयाँ प्रशासकीय भवनबाट गाउँपालिकाका प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी काम थप व्यवस्थित, सहज र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।

Please follow and like us:
Pin Share

Phulbaari Media

Related articles

One thought on “बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनको भव्य उद्घाटन सहित विधिवत् गृह प्रवेश सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares