एमिटी कलेजका विद्यार्थी सिलिगुडीमा !
बिर्तामोड झापा, एमिटी कलेजका विद्यार्थीहरु सिलिगुडी स्थित मे फेयर टि रिसोर्टमा पुगेका छन ।

यो लन्डन स्थित एक पुरानो तथा प्रसिद्ध होटल मे फेयर कै चेन होटेलको रुपमा स्थापित नर्थ इस्ट भारतको एक ठूलो रिसोर्टको नाममा परिचित होटेल हो ।
हालै बिर्तामोड झापामा अवस्थित एमिटी कलेजले होटल म्यानेजमेन्ट बिषय लिइ अध्ययन गर्दै गरेका कक्षा ११ का विद्यार्थीहरुलाइ ठुला होटेलहरुको अध्ययन अबलोकन गराउने सिलसिलामा उक्त होटल को भ्रमण गराएको हो ।

आफ्नै विशाल संरचनामा निर्मित कलेज मै अत्याधुनिक ल्याब किचन र हाउस किपिङ को प्रयोगात्मक कक्षाहरु संचालन हुने गरेको भए पनि कलेजले आफ्ना विद्यार्थीहरुलाइ समय समयमा नजिक का ठुला पाँच तारे होटलहरुको अध्ययन अबलोकन गराइने गरेको कुरा कलेजका प्रिन्सिपल राधेश्याम ढकालले बताउनु भयो । कलेज कै शिक्षकद्वय भगवती लिम्बू र मनोज शाहको संयोजनमा सम्पन्न उक्त भ्रमणको सिलसिलामा विद्यार्थीहरुले त्यहाका लक्जरी र डिलक्स बेड रुमहरु , ठुला सभाहलहरु, किचन र बारहरुको अबलोकन गरि करिब ३२ प्रकारका खानाका परिकारहरुको स्वाद लिने अवशर पाएको कुरा अध्ययन भ्रमणमा सम्मीलित विद्यार्थी आकृती आचार्यले बताइन ।

पछिल्लो समय होटल म्यानेजमेन्ट बिषय अध्ययन प्रती विद्यार्थीहरुको चाह बढदै गइ रहेको अवस्थामा झापा कै मुटु बिर्तामोडमा बिगत लामो समयदेखी संचालित एमिटी कलेजले आगामी बर्ष देखि अझै परिस्कृत उत्कृष्ट सैद्धान्तिक एवम् प्रयोगात्मक शिक्षा दिने उदेस्य राखेको कुरा कलेजका को अर्डिनेटर बिनोद शाहले जानकारी दिएका छन ।




