बाह्रदशी वडा न.४ लाई हराउँदै वडा न.५ को बिजय यात्रा सुरु
बाह्रदशी आस्विन २६। बडा दशैंको उपलक्ष्यमा आयोजना गरिएको बाह्रदशी वडा स्तरीय नकआउटका फुटबल प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ४ लाई हराउदै वडा नम्बर ५ ‘ख’ ले बिजयी यात्रा सुरुवात गरेको छ।

गौरीशंकर माबी को खेलमैदानमा संचालन भएको खेलमा वडा न.४ लाई २–० ले पराजित गर्दै वडा न.५ बिजय भएको हो।वडा न.४ का डिफेन्सको कमजोरीको फाइदा उठाउदै पहिलो हाफको २४औ मिनेटमा वडा न.५ का निरज हास्दा ले पहिलो गोल गरे। दोस्रो गोल दोश्रो हाफको ११औँ मिनेटमा ५ का उद्दब राजवंशी ले गरेका थिए।खेलको सुरुवाती समयदेखि नै वडा न५ ले ४ लाई दबाबमा राखेको थियो। पहिलो खेलको प्लेयर अफ द म्याच वडा न.५ का उद्दव राजवंशी घोषित भए ।
वडा न.७ को खेलकुद बिकास समितिको आयोजनामा आज बाट सुरु भएको नकआउटका फुटबल खेल कार्तिक ३ गते सम्म संचालन हुनेछ ।



