ज्ञान ज्योति माध्यमिक विद्यालयले २९औं बार्षिकोत्सव सम्पन्न ।

बाह्रदशी। बाह्रदशी गाउँपालिका वडा न.-३राजगढ स्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले २९औं बार्षिकोत्सव तथा सरस्वती पुजा विविध कार्यक्रमका साथ बुधबार  सम्पन्न गरेको छ ।

वार्षिक उत्सव समारोहका प्रमुख अतिथि एवं बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । विद्यालयद्वारा आयोजित कार्यक्रममा सह-प्रधानाध्यापक नारायण प्रसाद ढकालले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ऐतिहासिक पृष्ठभूमिको बारे अवगत गराएका थिए ।

जम्मा ६८४ जना विद्यार्थी अध्ययनरत रहेको कर्मचारी ९ र शिक्षक, शिक्षिका  गरि ३३ जनाले अध्यापन गराउँदै आएको विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठन भइरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार विद्यालयमा पानीको समस्य रहेको र आगामी बर्ष मा पानीको धारा समेत जडान गरिने जनाएको छ ।

भौतिक संरचना भवन निर्माण विद्यालयमा शौचालय र पुस्तकालयको व्यवस्था गरिएको छ । त्यस्तै बिद्यालयका प्रधानाध्यापक अमृत बहादुर बुढाथोकी ले सम्पुर्ण अतिथिहरुलाइ स्वागत गर्नु भएको थियो। सोही अवसरमा अभिभावक नगेन्द्र प्रसाद गणेश झापा गाउँपालिका-५,लालमाया राई हल्दिवारी-५,इन्द्र राजवंशी झापा-५देवीमाया कार्की बाह्रदशी-३,भिमादेवी तिम्सिना बाह्रदशी-३,कृष्ण प्रसाद कोइराला हल्दिवारी-१,तारादेवी चौहान हल्दिवारी-१ढेना मुर्मु बाह्रदशी-२,मिना देवी राजवंशी बाह्रदशी-१,श्याम बहादुर गौतमलाई सम्मान  गरिएको थियो ।
साथै बाह्रदशी गाउँपालिकामा गत बर्षको यसइइ उत्कृष्ट विद्यार्थीहरुलाइ समेत सम्मान गरिएको थियो सम्मानित हुनेहरुमा भिस्मराज चपागाइ ३.९० जिपिए,मानस भट्टराई ३.९० जिपिए,माटिन निरौला ३.९० लाई सम्मन गरिएको थियो भने मनिष बुढाथोकी ३.८०,डिसन बराल ३.८०,रियाज गुरागाइ ३.७५,साहेवाव्खातुन३.६०,सिम्रन घिमिरे ३.६० बिद्यालयमा  उत्कृष्ट भएका विद्यार्थीहरुलाइ पनि नगद रु.३५०० सय सहित कार्यक्रममा सम्मन गरिएको थियो। शो  कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले बिज्ञान  प्रदर्शन समेत गरेका थिए ।

त्यसैबीच कक्षा युकेजी देखि दस सम्मका विद्यार्थीहरुले मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए भने राष्ट्रिय गीत मा नृत्य गरेर अतिथि तथा अभिभावक हरुलाइ स्वागत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र प्रसाद ढकालको सभापतित्व मा सम्पन्न भएको कार्यक्रममा प्याप्सन झापाका सचीव हरिकृष्ण पाठक,युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख ज्ञान बहादुर पौडेल,योजना शाखा अधिकृत तेजु रेग्मी,आइटि शाखा प्रमुख हिमाल सुवेदी,लेखा शाखा प्रमुख चुडामणि पौडेल,संचालक समिति सदस जीवन ढकाल, कम्पनी संचालक समिती सदस्य प्रेमराज चपागाइ,पशुपति मा.बि का  प्रधानाध्यापक कुमार दाहाल, दिपजन बोर्डिङ स्कुरका प्रधानाध्यापक लक्ष्मी उप्रेती, बिधालय ब्यबस्थापन समिति सदस्य रबिना ढकाल,प्रेम बस्नेत,वड न.२ वडाअध्यक्ष भिम कार्की, महेन्द्र मा.बि.का प्रधानाध्यापक गोपाल प्रसाद गणेश,लगायतको आतिथ्याता रहेको थियो।

कार्यक्रमलाई संचालन सह-प्रधानाध्यापक सिताराम बराल र शिक्षिका सुजाता सिवाकोटीले गरेका थिए भने प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ,महेन्द्र मा.बि.का प्रधानाध्यापक गोपाल प्रसाद गणेश,प्याप्सन झापाका सचीव हरिकृष्ण पाठक ,गाउँपालिका योजना शाखा प्रमुख तेज प्रसाद रेग्मीले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares