सप्तक संगीत विद्यालयले श्रष्टा सम्मान गरि सरस्वती पुजा मनायो।

बिर्तामोड । सप्तक संगीत विद्यालय बिर्तामोड-५, झापा एकता टोलमा  आज  सरस्वती पुजा(वसन्त पन्चमी) पर्व विधिवत पूजा अर्चना, श्रष्टा सम्मान तथा साँगितिक कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।

बिहानै देखि विद्यार्थी अभिभावकहरु फूलमाला तथा प्रसाद लिएर सरस्वती पूजाका लागि उपस्थित हुनुभएको थियो ।विद्यालयका विद्यार्थी सन्दिप सापकोटाले विधिवत मन्त्र उच्चारणद्वारा पूजा गराउनुभएको थियो । पूजा पश्चात औपचारिक कार्यक्रम विद्यालयका बरिष्ठ अभिभावक कुमार पौडेल ज्यूको अध्यक्षता एवं वरिष्ठ संगीतकार बिकाश चौधरीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संगीतकार विकाश चौधरीलाई वहाँको साँगीतिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो साथै राष्ट्रिय शास्त्रीय गायनमा प्रथम हुने सप्तक संगीत विद्यालयका विद्यार्थी प्रशान्त पोख्रेललाई समेत सम्मान गरिएको हो । विद्यालयका विद्यार्थीहरुद्वारा लगातार सरस्वती वन्दना, स्तोत्र, भजनहरुको प्रस्तुति गरिएका  थिए । कार्यक्रमको संचालन विद्यालयका संरक्षक डा. कुमार सुवेदी ज्यूले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका संस्थापक अध्यक्ष तथा गुरु सरोज वत्सले गर्नु भएको थियो । विद्यालयकी संचालिका सन्जीवनी पौडेलले कार्यक्रम संयोजन गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरु लक्ष्मी बास्कोटा, डि.आर कडरिया, हरि दियाली, मनु बि.क. , तुलसी भट्टराई, इन्दिरा दहाल, नम्रता गिरी, तारा कार्की, राम तिम्सिना, सुनिल शर्मा, देव न्यौपाने, नन्दलाल दहाल, इन्दिरा पौडेल लगायतका अभिभावक, विद्यार्थी एवं सामाजिक व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email