एमाले अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि शिक्षक संगठन लाइ

बाह्रदशी । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय शिक्षक संगठन  बाह्रदशीले जितेको छ ।

५१औं सहिद दिवसको अवसरमा बुधबार बाह्रदशी ५ स्थित जेष्ठ नागरिक भवनमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ८ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए । जसमा नेपाल राष्ट्रिय शिक्षक संगठनले ३१ अंकसहित पहिलो स्थान हासिल गर्न सफल भयो ।

प्रतियोगितामा अखिल नेपाल महिला संघ २३ अंकका साथ दोस्रो र राष्ट्रिय युवा संघ नेपाल बाह्रदशी र नेपाल निजामती कर्मचारी संगठन  २२/२२ अंकका साथ तेस्रो भए।

त्यस्तै अखिल नेपाल किसान संघ १६, राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल १५, बुद्धिजीवी परिषद २१, अनेरास्ववियु १७ अंक प्राप्त गरेका थिए।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने  समुहलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला सदस्य भुपेन्द्र कटुवाल, कार्यक्रमका अध्यक्ष बुद्दराज कार्की, जिल्ला सदस्य तोयानाथ पोख्रेल,शेर बहादुर तामाङ,लक्ष्मी राजवंशी,प्रमानन्द झा,पुर्व सचीव घनेन्द्र ढकाल, अनेम संघ जिल्ला सदस्य तथा गाउँपालिका उपाध्यक्ष शान्ता खरेल लगायतका अतिथिहरूले पुरस्कार सहित प्रमाणपत्र वितरण गरे ।

शिक्षक सिताराम बराल र एम एन भुर्तेलले सहजीकरण गरेको हाजिरी जवाफ कार्यक्रममा सहभागी सबै प्रतिष्पर्धीहरूलाई आयोजकले प्रमाणपत्र वितरण गरेको थियो ।

गाउँ कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको विजेताले अब झापा जिल्ला कमिटीले आयोजना गर्ने प्रतियोगितामा सहभागी जनाउने एमाले गाउँ कमिटी सचीव मान बहादुर राजवंशीले जानकारी दिए ।

एमाले गाउँ कमिटी अध्यक्ष बुद्दराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य टेक प्रसाद आचार्य,मिना सेन्चुरी, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष बिरेन राजवंशी,राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला उपसचिव पितम कुमार धमला(झापालिकान्छा), अनेम संघ जिल्ला सदस्य रेनुका भुर्तेल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रम सञ्चालन बाह्रदशी गाउँ कमिटी सचिव मान बहादुर राजवंशीले गरेका थिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares