आयुर्वेद स्वास्थ्य शाखा:-गाउँपालिका अध्यक्ष,उपाध्यक्ष संग वडा स्तरीय जेष्ठ नागरिक कार्यक्रम संचालन

बाह्रदशी,पछिल्लो समय बाह्रदशी गाउपालिका आयुर्वेद स्वास्थ्य साखाले बाह्रदशी गाउँपालिका भित्र स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।


गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका दलित,पिछडा बर्ग,सिमान्तकृत हरुकालागी आयुर्वेद स्वास्थ्य शाखाले निशुल्क स्वास्थ्य शिविर,निशुल्क औसधि वितरण जस्ता कार्यक्रमहरु गर्दै आहिरहेको छ सोही अनुरुप गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सङ्ग वडा स्तरीय जेष्ठ नागरिक कार्यक्रम आयुर्वेद स्वास्थ्य शाखाले संचालन गरेको छ।
बाह्रदशी गाउँपालिका वडा नम्बर २ मा आज एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम संचालन गरेको हो। पालिका भित्र रहेका सातै वटा वडा हरुमा संचालन गरिने सो कार्यक्रम आज  दुई नम्बर वडा बाट सुरु गरिएको हो। वडा नम्बर २ का वडाअध्यक्ष भिम बहादुर कार्की को अध्यक्षता मा संचालन गरिएको उक्त कार्यक्रममा वडा भित्र रहेका ५० भन्दा बढी जेष्ठ नागरिक हरुलाइ नसर्ने रोग सुगर,प्रेसर स्कृनिङ साथै निशुल्क औसधि वितरण गरिएको थियो।


     बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्ता देवी खरेलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी निरौला,सामुदायिक भवन राजगढका अध्यक्ष राम प्रशाद दुलाल,वडा नम्बर दुई का वडा सदस्य इस्हाक आलम मिया,समाजसेवी जीवन ढकाल लगाएतको उपस्थित रहेको थियो।
    आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जट्टा शंकर झा ले कार्यक्रमको बारे प्रष्ट पर्दै  स्वागत गरेको कार्यक्रममा समाजसेवी जीवन ढकाल,सामुदायिक भवनका अध्यक्ष राम दुलाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।


कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष शान्ता देवी खरेल ले आयुर्वेद शाखाले गरेको उक्त कार्यक्रम उत्कृष्ट रहेको बताउनु भयो।त्यसै गरि आयुर्वेद स्वास्थ्य शाखाले कार्यक्रम गरेको मा जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् ।

आयुर्वेद स्वास्थ्य शाखाले ल्याव संचालन मा ल्याए सङगै पालिका भित्र रहेका जेष्ठ नागरिक हरु पालिका सम्म आउन लाई गाह्राे हुने भएकाले आयुर्वेद शाखा बाट पाउने सेवा सुबिधा बाट बन्चित नहुन भन्ने उद्देश्यले वडा स्तरमै गएर  सेवा प्रदान गरिएको बताउनु हुन्छ शाखा प्रमुख जट्टा शंकर झा।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares