नेकपा एमाले बाह्रदशीको अध्यक्षमा सापकोटा बिजय
बाह्रदशी झापा । नेकपा एमाले बाह्रदशीको अध्यक्षमा अग्नि प्रसाद सापकोटा (अनिल)निर्वाचित भएका छन् ।
उनले अध्यक्षका अर्का उम्मेदवार तोया पोख्रेललाई ५५ मतान्तरले जितेका छन् । सापकोटाले १७३ र पोख्रेलले ११८ मत प्राप्त गरेका छन् ।

उस्तै, उपाध्यक्षमा यादव मिश्र १५५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार ज्ञानु सुबेदिले १३४ मत प्राप्त गरे ।
त्यस्तै उपसचिवमा जय आचार्यले १८९ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिष्पर्धी प्रेम बहादुर श्रेष्ठले ९४ मतले पराजित भए ।
आज भएको निर्वाचन मा २९२ मत खसेको थियो भने जम्मा पुर्ण बदर मत २ थियो भने आंसिक बदर उपाध्यक्ष को १ र उपसचिव को ५ मत भएको थियो।



