बाह्रदशी गाउँपालिका बडा स्तरीय नकाआउट फुटनबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर २ सेमिफाइनलमा प्रवेश ।
बाह्रदशी गाउँपालिका बडा नम्बर ५ लाई ३ गोल अन्तरले हराउँदै वडा नम्बर २ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बह्रदशी गाउँपालिका वडा न.५ खेलकुद बिकास समिती द्वारा आयोजना गरिएको बडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको आज भएको खेलमा बाह्रदशी गाउँपालिका बडा नम्बर ५ लाई ३ गोल ले हराउँदै वडा नम्बर २ सेमिफाइनलमा प्रवेश गरेको हो।
माघ ७ गते बाट संचालन गरिएको वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता मा आज वडा नम्बर २ र ५ बिच रहेको थियो।
खेलको पहिलो हाफ मा वडा न. ५ लाई दबाबमा राख्दै वडा न.२ का जर्सी न.७ का रोसन खड्काले खेलको ४ औं मिनेटमा गोल गर्दै आफ्नु टिम लाई १-० ले अगाडि बडाउन सफल भएका थिए।सुरु बाट नै दबाबमा रहेको वडा न.५ ले भने पहिलो हाफमा कुनै गोल फर्काउन भने सकेन तर खेलमा दोस्रो गोल गर्दै वडा न.२ का जर्सी न.१७ का खेलाडी रोजित खड्काले दोस्रो गोल गर्दै पहिलो हाफको खेल २-० मा अगाडी रहेको थियो।
खेलको दोस्रो हाफ को सुरुवाती चरण बाट नै वडा न.५ निकै आक्रमक देखिए पनि आफ्नु टिमले कुनै गोल गर्न सकेन तर दोश्रो हाफको १७ औं मिनेटमा पुन:तेस्रो गोल गर्दै वडा न.२ का जर्सी न.१४ का खेलाडी पदम राजवंशी ले तेस्रो गोल गर्दै आफ्नु टिमलाई ३-० ले अगाडी बडाए । वडा न.५ ले भने कुनै गोल गर्न सकेन जस्ले गर्दा आफ्नु टिमले हार बेहोर्नु पर्यो र वडा न.२ ले आफ्नु टिम लाई जित सुनिस्चित गराउदै टिमलाई सेमिफाइनल सम्मको यात्रा गराउन सफल भयो।
खेलको म्यान अफ द म्याच वडा न.५ का खेलाडी जर्सी न.५ ले प्राप्त गरे।माघ ७ गते बाट संचालन रहेको छैटौं नकआउट फुटबल प्रतियोगिता माघ १४ गते सम्म संचालन हुने छ ।



