बाह्रदशी गाउँपालिका वडा न.६ वडा स्तरीय महिला समिती द्वारा आयोजना गरिएको ४ दिने साबुन बनाउने तालिम सम्पन्न।

हातमा सीप क्षमता भए कसै सङ्ग पनि हात फैलाइ राख्नु पर्दैन।आफ्नु क्षमता र सीप भएमा आफै पनि समाजमा स्थापित बन्न सकिन्छ र अरुको अगाडी हात फैलाउनु पर्दैन।यहि उद्देश्यका साथ झापाको बाह्रदशी गाउँपालिका वडा न.६ मा वडा स्तरीय महिला समिती द्वारा आयोजना गरिएको ४ दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ।


   बाह्रदशी गाउँपालिका वडा न.६ को सभाहलमा आयोजना गरिएको समापन कार्यक्रम को अध्यक्षता वडा स्तरीय महिला समितिकी अध्यक्ष रामकुमारी राइको अध्यक्षमा संचालन गरेको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शान्ता देवी सिवाकोटी को रहेको थियो भने कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष रत्न प्रकाश योङ्हाङ,कार्यपालिका सदस्य तारा थपलिया,नेपाल रेडक्रस सोसाइटी डाँगीवारि उपशाखा सभापति लेखराज सुवेदी,महिला मुल समिती सदस्य  कृष्णमाया भट्टराई लगायतको उपस्थित रहेको थियो।


  वडा का करिब ७० जना भन्दा बढी महिला दिदिबहिनीहरु लाई सहभागी गराइ ४ दिन सम्म साबुन,फिनेल,सरफ,हर्पिक र झोल साबुन बनाउनलाइ तालिम दिइएको थियो।४ दिन सम्म संचालन रहेको उक्त तलिममा प्रशिक्षक द्वाय सृजना ढुंगेल र बेदकुमारी सुबेदीले प्रशिक्षण गराउनु भएको थियो।समापन कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटी,नेपाल रेडक्रस सोसाइटी उपशाखा लेखराज सुबेदी,कार्यपालिका सदस्य तारा थपलिया लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने प्रशिक्षकको तर्फबाट सृजन ढुंगेलले तालिम को समयमा सिकाउदा को क्षणहरु सम्झनु भएको थियो भने प्रशिक्षार्थीको तर्फबाट अम्बिका ढकाल,उर्मिला भुजेलले आफ्ना अनुभव हरु बताउनु भएको थियो। कार्यक्रममा सम्पुर्ण प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र र तालिममा निर्माण गरिएका साबुन,सरफ,हार्पिक लगायतका सामाग्री समेत वितरण गरिएको थियो।


  वडा स्तरीय महिला समिती वडा न.६ कि सचीव साबित्रा आचार्यले संचालन गरिएको कार्यक्रमलाई वडा स्तरीय महिला समिती अध्यक्ष रामकुमारी राइले सबैलाइ धन्यवाद दिदै कार्यक्रम लाई समापन गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य टंक माया धितालले गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360