मिनि माउन्टेन अंग्रेजी बोर्डिङ स्कुलको आफ्नो ९औं बार्षिकोत्सव सम्पन्न।
बाह्रदशी। बाह्रदशी गाउँपालिका वडा न.-६ बिहीबारे स्थित मिनि माउन्टेन अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो ९औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सोमबार सम्पन्न गरेको छ ।

वार्षिक उत्सव समारोहका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईंले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । विद्यालयद्वारा आयोजित कार्यक्रममा प्रधानाध्यापक खगेन्द्र सुवेदीले कार्यक्रमको औचित्य माथि प्रकाश सङगै विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ऐतिहासिक पृष्ठभूमिको बारे अवगत गराएका थिए ।


। त्यस्तै बिद्यालयका सह-प्रधानाध्यापक गोकुल घिमिरेले सम्पुर्ण अतिथिहरुलाइ स्वागत गर्नु भएको थियो। सोही अवसरमा उत्कृष्ट भलिबल खेलाडी : मिराक मेयाङ्गबो उत्कृष्ट भलिबल खेलाडी : निस्मन लिम्बू
उत्कृष्ट कब्बडी खेलाडी : सोनिका लिम्बू उत्कृष्ट कक्षा मोनिटर : हाङनीमा हाङसरुम्बा उत्कृष्ट हस्तलेखन: हेनी भण्डारी सरसफाई: सोयान पौडेल, सुप्रिया भुजेल अनुशासन: निङवा लिम्बु मिलनसार : आशिका बुढाथोकी वर्ष उत्कृष्ट विद्यार्थी: रमन बजगाई लाई पुरस्कार वितरण गरिएको थियो। साथै विभिन्न विधाका शिक्षक तर्फका उत्कृष्ट कार्य सम्पादक: गोपीनाथ देव शर्मा।उत्कृष्ट शिक्षक : अस्मिता मगर लाई समेत सम्मान गरिएको थियो ।
साथै गत बर्षको यसइइ उत्कृष्ट विद्यार्थीहरुलाइ समेत सम्मान गरिएको थियो सम्मानित हुनेहरुमा सविता कार्की ३.८४ जिपीए, दुर्गा धिताल ३.७८ जीपीए,समीर राउत ३.६५ जिपिए,आकृति सुवेदी ३.४४ जीपीए,जगन्नाथ काफ्ले ३.४३ प्रतीक भट्टराई ३.३५ जि पि ए लगायतलाई लाई समेत पुरस्कृत गरिएको थियो।

त्यसैबीच कक्षा युकेजी देखि दस सम्मका विद्यार्थीहरुले मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए भने राष्ट्रिय गीत मा नृत्य गरेर अतिथि तथा अभिभावक हरुलाइ स्वागत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखराज सुवेदीको सभापतित्व मा सम्पन्न भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ,प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला,युवा खेलकुद तथा शिक्षा शाखा निमित्त प्रमुख योगराज पौडेल,वडा सदस्य गङ्गाराम धिताल प्याब्सन झापा सचिव लक्ष्मीप्रसाद उप्रेती,लगायतको आतिथ्याता रहेको थियो।
कार्यक्रमलाई संचालन शिक्षक सञ्जय शाह ले गरेका थिए भने प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द प्रसाद चम्लगाई,वडा सदस्य गंगाराम धिताल प्याब्सन झापा सचिव लक्ष्मीप्रसाद उप्रेती लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए




