बाह्रदशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता:-११ स्वर्णसहित पशुपति मा.वि. प्रथम।

झापाको बाह्रदशी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

बाह्रदशी गाउँपालिका वडा न.५ मा रहेको श्री फुलबारी मा.बि. र नमुना अङ्ग्रेजी मा.बि. को खेलमैदानमा भएको विभिन्न विधाको खेलकुद प्रतियोगितामा पशुपति माध्यमिक विद्यालय प्रथम बनेको छ। ​

पशुपति मा.वि.ले ११ स्वर्ण, ८ रजत र २ कास्य पदक प्राप्त गरेको छ। यस्तै, नमुना अंग्रोजि माध्यमिक विद्यालय ७ स्वर्ण, ३ रजत र २ कास्यसहित द्वितीय तथा गौरीशंकर माध्यमिक विद्यालय ५ स्वर्ण ७ रजत र ८ कास्यसहित तृतीय बनेका छन्।

बाह्रदशी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगितामा बाह्रदशी गाउँपालिका सामाजिक विकास समितिका संयोजक पञ्चानन राजवंशीको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाईको प्रमुख आतित्यथा र बाह्रदशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाको विशिष्ट आतित्यथा रहेको थियो। शिक्षक लोचन गुरागाईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख योगराज पौडेल स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका क्षेत्रभित्रका संस्थागत र सामुदायिक गरी १४ वटा विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा भलिबल, कराते, दौड, जेभलिन थ्रो, रिले, लङजम्प, त्रिपलजम्प, लङ्गजम्प लगायतका खेलहरु खेलाइएका थिए।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360