बाह्रदशीमा जारी प्रथम बाह्रदशी अध्यक्ष कप पुरुष भलिबल प्रतियोयोगिताको उपाधि दमक नगरपालिका लाई।

झापाको बाह्रदशीमा जारी प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोयोगिताको उपाधि दमक नगरपालिकाले उचालेको छ।
माघ १९ बाट संचालन रहेको पुरुष भलिबल प्रतियगितामा आज भएको फाइनल को उपाधि दमक नगरपालिकाले आफ्नु हात पार्न सफल भएको हो।बिजेता दमक नगरपालिकाले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ।

दमक नगरपालिकाले २५-२१,२५-१६ र २५-१६ को सेटमा बिर्तामोडलाई पराजित गरेको हो।

यस्तै उपबिजेता बनेको बिर्तामोड नगरपालिकाले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। फाइनल खेलका म्यान अफ द म्याच दमकका खेलाडी सुमन रानामगर घोषित भए उनले ट्रफी र सम्मान पत्र प्राप्त गरे।

त्यसै गरी फाइनल अघि भएको सेमिफाइनल खेलबाट बाहिरिएका लेटाङ्ग नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालीकाले नगद दस-दस हजार रूपैयाँ पाएका छन्।

झापाको बाह्रदशी गाउँपालिका परिसरमा भएको खेलमा सर्वोत्कृष्ट खेलाडी टिम दमकका प्रदिप कट्टेल घोषित भए। उनले नगद पाँच हजार सहित ट्रफि  प्रमाणपत्र र मेडल पाए। वेस्ट लिफ्टरमा दमकका खेलाडी मुस्कान लिम्बू घोषित भए त्यसैगरि वेस्ट स्पाइकर बिर्तामोडका लिला डाँगी, सर्वोत्कृष्ट ब्लकर दमकका जोनिस क्षेत्री भए भने उदयमान खेलाडी को रुपमा भने आयोजक टिमका खेलाडी  बिक्रम मर्णी घोषित भए त्यो सँगै सर्वोत्कृष्ट डिफेन्स दमकका खेलाडी भुवन क्षेत्री घोषित भएका थिए। सम्पूर्ण विधागत उत्कृष्ट खेलाडीले जनही नगद रू २५०० सय सहित प्रमाणपत्र मेडल प्राप्त गरे।

सेमिफाइनल खेलबाट पाथीभरा याङ्वरकलाई हराउदै दमक र बिर्तामोड नगरपालिकाले लेटाङ्ग नगरपालिका लाई पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको थिए।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360