बाह्रदशी गाउँपालिका वडा नं १:-७ दिवसीय एडभान्स क्रिस्टल तालिम सम्पन्न।
महिला हरु पनि कमजोर होइनन् पुरुष जस्तै काधमा काध मिलाएर समाजको नेतृत्व र स्वावलम्बी बन्नुपर्छ र आफ्नो खुट्टामा आफै उभिनुपर्छ परनिर्भरता बन्नु हुँदैन भन्ने उद्देश्यले झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ महिला मूल समितिले आयोजना गरेको ७ दिवसीय एडभान्स क्रिस्टल तालिम सम्पन्न भएको छ।

बाह्रदशी गाउँपालिका वडा नं १ महिला मूल समिति अध्यक्ष शारदा उप्रेतीको अध्यक्षतामा सञ्चालन गरिएको ७ दिवसीय एडभान्स क्रिस्टल तालिम को समापन कार्यक्रमको प्रमुख अतिथि बाह्रदर्शी गाउँपालिका उपाध्यक्ष शान्ता देवी सुवाकोटीको रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर १ का वडाध्यक्ष टेकबहादुर राजवंशी,अतिथिहरूमा वडा सदस्य विजय प्रकाश अधिकारी, निर्मला राई,समाजसेवी गायत्री ऋषिदेव, वडा सचिव बानालाल राजवंशी, विष्णुदेवी राजवंशी अनिता राजवंशी लगायतको उपस्थिति रहेको थियो।
७ दिनसम्म सञ्चालन रहेको एडभान्स क्रिस्टल तालिमको प्रशिक्षण बालकुमारी लामिछानेले प्रदान गर्नुभएको थियो। उक्त ७ दिनसम्म सञ्चालन रहेको एडभान्स क्रिस्टल तालिममा चार प्रकारका माला तथा औठीहरूको तालिम प्रदान गरिएको थियो। कार्यक्रममा बाहृदशी गाउँपालिका वार्ड नं १ मा रहेका २३ जना महिलाहरू सहभागी रहेका थिए।
आज सम्पन्न गरिएको सातदिवसीय एडभान्स क्रिस्टल तालिममा वडा सदस्य विजय प्रकाश अधिकारी वडा सदस्य निर्मला राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै सहभागिताको तर्फबाट सन्तोषिया यादवले सात दिनसम्म सञ्चालन रहेको एडभान्स क्रिस्टल तालिमका बारेमा आफ्ना कुराहरु व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बोल्दै समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष शान्तदेवी सुवाकोटी ले सम्पूर्ण प्रशिक्षार्थीहरूलाई आफूले सिकेको सिप व्यवहारमा लागू गर्न अनुरोध गर्नुभएको थियो। साथै उहाँले महिला लक्षित यस्ता कार्यक्रमहरु पुन गाउँपालिकाले सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो।
आज सम्पन्न भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि विशिष्ट अतिथि प्रशिक्षण लगायतले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो।
समापन कार्यक्रम लाई सञ्चालन वडा महिला समिति सचिव दिलकुमारी कोइरालाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमलाई समापन गर्दै वडा नम्बर १ वडा महिला समिति अध्यक्ष शारदा उप्रेतीले आफ्ना कुरा राख्दै कार्यक्रमलाई समापन गर्नुभएको थियो।




