लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बाह्रदशी को अध्यक्ष मा दल बहादुर तामाङ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बाह्रदशी गाउँ कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ। दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा दल बहादुर तामाङ सर्वसम्मत चयन भएका छन् ।

बाह्रदशी गाउँ पालिका वडा नम्बर ५ मा रहेको ज्येष्ठ नागरिक भवनमा आज सम्पन्न भएको दोस्रो अधिवेशन बाट उहाँ सर्वसम्मत चयन भएका हुन।
त्यसै गरी उपाध्यक्ष मा काजी मान पन्धाक,सचिव हरी प्रसाद राजवंशी,उप-सचिव जय नाथ मेचे, कोषाध्यक्ष अनिता राजवंशी लगायत ७ सदस्य सहित १३ कमिटी अधिवेशन बाट सर्वसम्मत रुपमा चयन गरिएको हो।आज सम्पन्न भएको दोस्रो अधिवेशन मा अध्यक्ष मण्डलका अध्यक्ष राजन पन्धाक सहित चार सदस्य भूपेन्द्र कटुवाल,अनिल सापकोटा,मनोज गुरुङ्ग,सोहन लाल राजवंशी सहित को अध्यक्ष मण्डलले सर्वसम्मत चयन गरेको हो।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल बाह्रदशी को आज भएको अधिवेशन लाई खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सञ्चालन गरिएको थियो। खुल्ला सत्रको अध्यक्षता लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल बाह्रदशीका अध्यक्ष महेशलाल राजवंशीको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल का केन्द्रीय सदस्य चन्द्र सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो।
त्यसैगरी कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय सदस्य सुरेन्द्र राजवंशी,तारा चाम्लिङ राई,नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला सदस्य भूपेन्द्र कटवाल, बिन्दा निरौला, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल झापा जिल्ला अध्यक्ष वीरेन्द्र राजवंशी,नेकपा एमाले बाह्रदशी गाउँ कमिटी अध्यक्ष अनिल सापकोटा लगायतको उपस्थिति रहेको थियो।उक्त अधिवेशनमा प्रमुख अतिथि चन्द्र सुब्बा,भूपेन्द्र कटुवाल ,अनिल सापकोटा,सुरेन्द्र राजबंशी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।




