कचनकवलमा ४५ महिनामा ८१९ सर्पदंश पीडितको सफल उपचार।

नेत्र विक्रम बिमली

झापा – झापाको कचनकवल गाउँपालिकामा ४५ महिनाको अवधिमा ८१९ जना सर्पदंश पीडितको उपचार गरिएको छ।

पालिका स्वास्थ्य शाखाका प्रमुख जागेश्वर प्रसाद यादवका अनुसार, २०७८ असार ३ गतेदेखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा २०८१ चैत १३ गतेसम्म विषालु र अविषालु सर्पको टोकाइबाट प्रभावित बिरामीहरूको सफल उपचार गरिएको छ।सीमावर्ती क्षेत्र भएकाले र सर्वसुलभ उपचार सेवाका कारण भारतका ८६ जना नागरिकले समेत उपचार सेवा लिएका छन्। तीमध्ये ११ जना विषालु सर्पको टोकाइका पीडित थिए।स्वास्थ्य शाखाका अनुसार, स्थानीय स्तरमा २४ जना विषालु सर्पदंश पीडित तथा ७३३ जना अविषालु सर्पले टोकेका बिरामी उपचार गराइएको छ। विषालु सर्पले टोकेका ११ पुरुष र १३ महिला तथा अविषालु सर्पले टोकेका ३७७ पुरुष र ३३२ महिलाको उपचार गरिएको छ।त्यस्तै, भारतबाट आएका ४ पुरुष र ७ महिला विषालु सर्पको टोकाइका शिकार भएका थिए भने ३६ पुरुष र ३९ महिला अविषालु सर्पले टोकेका थिए। सबैको सफल उपचार गरिएको छ।कचनकवल गाउँपालिका आधारभूत स्वास्थ्य केन्द्रमा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रमा विशेषज्ञ डा. नवाज अहमद नुरी र डा. ह्रदय नारायण शाहले सेवा दिँदै आएका छन्।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares