बाह्रदशी–३ मा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा सम्पन्न

बाह्रदशी–३ मा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा सम्पन्न

२२ वैशाख २०८२, राजेश आचार्य ।

बाह्रदशी गाउँपालिका वडा नं. ३ को आयोजना तथा गाउँपालिकाको आयुर्वेद स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ३ को कार्यालयमा आयोजना गरिएको थियो।

वडाध्यक्ष टंकप्रसाद शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटी (खरेल) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, लेखा शाखा प्रमुख चुडामणि घिमिरे, बाह्रदशी उद्योग तथा वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रबहादुर कार्की, कार्यपालिका सदस्य लक्ष्मी अधिकारी, वडा सदस्यहरू हेमलाल दाहाल, सपना विश्वकर्मा, पुण्य ढुंगेल तथा अन्य समाजसेवी र बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

स्वास्थ्य जाँच कार्यक्रमलाई आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जट्टाशंकर झाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा १८० जनाले स्वास्थ्य जाँच गराएका थिए भने ४५ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो। सहभागी सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो।

आयुर्वेद स्वास्थ्य शाखाले विभिन्न प्रकारका औषधि र उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराएकामा सेवा लाभग्राहीहरूले खुसी व्यक्त गरेका छन्।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares