बाह्रदशी जेसीज:- सप्ताह कार्यक्रमको सातौं कार्यक्रम वक्तित्वकला प्रतियोगिता सम्पन्न ।

बाह्रदशी । बाह्रदशी जेसीजको सप्ताह कार्यक्रम अन्तर्गतको सातौं कार्यक्रम वक्तित्वकलाको आयोजना गरी सम्पन्न गरेको छ।

बाह्रदशी गाउँपालिका वार्ड नं ५ मा रहेको ज्येष्ठ नागरिक भवनमा आज वक्तित्व कला कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।

बाह्रदशी गाउँपालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सहभागी गराई कार्यक्रम सम्पन्न गरेको हो।

“परिवर्तनका लागि एकता” भन्ने शीर्षकमा बाह्रदशी गाउँपालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययन गर्ने १३ जना विद्यार्थीहरूको वक्तित्व कला प्रतियोगितामा सहभागिता रहेको थियो।बाह्रदशी जेसीजको आयोजना तथा फूलबारी सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा भएको “परिवर्तनका लागि एकता ” शीर्षकमा १३ जना विद्यार्थीहरूले आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए।

बाह्रदशी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी तीर्थप्रसाद काफ्लेको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख योगराज पौडेलको प्रमुख आतित्यमा सम्पन्न भएको उक्त वक्तित्व कला कार्यक्रमका संयोजक जेसी नवीन त्रिताल रहनुभएको थियो।

कार्यक्रममा उपाध्यक्ष गोपाल उप्रेतीले आस्था वाचन र मिसन भिजन प्रस्तुत गरेका थिए।सप्ताह कार्यक्रमका मूल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष राजु अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज तालिम आयोगका कोषाध्यक्ष खगेन्द्र सुवेदीले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा फुलबारी सिकाई केन्द्रका अध्यक्ष ओम प्रकाश गौतम, बाह्रदशी जेसीज पूर्व अध्यक्षको तर्फबाट जेसी लक्ष्मीप्रसाद उप्रेती,विद्यालयका प्रधानाध्यापकहरुको तर्फबाट पशुपति माविका प्रधानाध्यापक थिरकुमार दाहाल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने वक्तित्वकला कार्यक्रममा सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरूलाई नेपाल जेसीज २०२३ का वक्तित्व कला प्रतियोगिताका विजेता २०२५ मा सार्वजनिक भाषण प्रतियोगिताका विजेता साथै मातृ शाखा सुरुङ्गा जेसीज का कोषाध्यक्ष जेसी रिशभ सिङ चाहरले वक्तित्वकला प्रतियोगिताका नियमहरू बताउनुभएको थियो।

वक्तित्वकला प्रतियोगितामा सहभागी १३ जनालाई उछिन्दै दिपजन अंग्रेजी बोर्डिङ स्कुलकी छात्रा दीक्षा बजगाई प्रथम बनेकी थिइन् ,द्वितीयमा श्री पशुपति माविकी छात्रा कृशु लुइटेल भएकी थिइन् भने श्री फुलबारी माध्यमिक विद्यालय की छात्राले तृतीय स्थान हासिल गरेकी थिइन्।

वक्तित्वकला प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमश ७ हजार ५००, ५ हजार १ सय र ३ हजार १ सय साथै मेडल ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमलाई वर्ष २०२५ कि महासचिव सदिक्षा खड्काले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको समापन बाह्रदशी जेसीज सप्ता कार्यक्रम अन्तर्गत वक्तित्व कला कार्यक्रम का संयोजक जेसी नविन त्रितालले प्रमुख अतिथि,अतिथि लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email