श्रीमदसौर्यपुराण धनधाञ्चाल विराट ज्ञानमहायज्ञको आर्थिक प्रतिवेदन सार्वजनिक

श्रीमदसौर्यपुराण धनधाञ्चाल विराट ज्ञानमहायज्ञको आर्थिक प्रतिवेदन सार्वजनिक

२०८२ मङ्सिर २७, राजेश आचार्य ।

श्री गौरीशंकर शिवालय  गायत्रीस्वरूपाश्रम संरक्षण समिति बाह्रदशी-६ कञ्चनगढधाम, साधुकुटीको ३५ औं तथा उक्त संस्थाद्वारा सञ्चालित गुरुकुलको १८ औं वार्षिक कार्यक्रम अन्तर्गत मिति २०८२ कार्तिक २६ गते देखि मङ्सिर ४ गते सम्म आयोजना गरेको श्रीमदसौर्यपुराण धनधाञ्चाल विराट ज्ञानमहायज्ञको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ।

आज शनिबार महायज्ञ आयोजक समितिका संयोजक ज्ञानु सुवेदीको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी आयव्यय सहितको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो।

कार्यक्रममा अतिथिको रूपमा आश्रमकी उपाध्यक्ष चन्द्रकला ढकाल, आश्रमका पूर्व अध्यक्ष वेदनिधि ढकाल, राधाकृष्ण किर्तन मण्डलीका अध्यक्ष शान्ति कुमार ढकाल गुरुकुलका गुरु हेमलाल ढकाल र सामाजिक व्यक्तित्व पण्डित तुलसीराम तिम्सिना रहनुभएको थियो।

कार्यक्रममा आय–व्यय सहितको वार्षिक प्रतिवेदन महायज्ञ आयोजक समितिका कोषाध्यक्ष विश्वास गौतमले प्रस्तुत गरेका थिए। उनका अनुसार महायज्ञबाट विभिन्न शीर्षक अन्तर्गत रु ८,७३,८४७ र १०८ शिवलिङ्गसहित मन्दिर निर्माण तथा अध्यक्ष कोषबाट रु १५,२५,६०० गरी जम्मा रु २३,९९,४४७ रकम सङ्कलन भएको छ। सो अवधिमा विभिन्न शीर्षकमा रु ६,०६,१७९ खर्च भएको जनाउँदै, शिवलिङ्गसहितको मन्दिर निर्माणका लागि छुट्याइएको रु १५,२५,६०० बाहेक रु २,६७,६६८ बचत रहेको जानकारी उनले सार्वजनिक गरे। 

गुरुकुलका प्रधानाध्यापक तथा महायज्ञ आयोजक समितिका सचिव मनोज खतिवडाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य महायज्ञ आयोजक समितिकी सहसंयोजक चन्द्रकला ढकालले राख्नुभएको थियो। कार्यक्रममा सामाजिक व्यक्तित्व पण्डित तुलसीराम तिम्सिना, आश्रमका पूर्व अध्यक्ष वेदनिधि ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email