आर्मी झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

आर्मी झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

बिर्तामोड, माघ २५ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै आर्मी झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।


खेलको २७ औँ मिनेटमा आर्मीले अग्रता लियो । दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान टचमा आर्मीका लागि सुन्दर गोल गरेका थिए । आर्मीले अर्काे गोल पहिलो हाफको इन्ज्युरी समयमा गर्दै अग्रता दोब्बर बनायो । कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भयो ।


आर्मीले अर्काे गोल फ्रिकिकमार्फत गर्न सफल भयो । जर्जप्रिन्स  कार्कीले मैदानको २५ यार्डमा पाएको बललाई सिधै जाली चुमाए ।
खेलको ३२ औँ मिनेटमा आर्मीका कुशल देउवाले गरेको शक्तिशाली प्रहारलाई चर्च ब्वाइजका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे । खेलको अधिकांश समय बल नियन्त्रणमा राख्न सफल आर्मीले अरु गोल भने थप्न सकेन ।
तीनजना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्वाइजले विपक्षी पोस्टमा खासै दबाब सिर्जना गर्न सकेन । चर्चका खेलाडीहरु आर्मीसामु निरीह बनेका थिए । खेलको २१ औँ मिनेटमा विदेशी खेलाडी जिडेन नाहले डिबक्सबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल बनाए ।


उपाधिको दाबेदार मानिएको आर्मी यो रंगशालामा आयोजना भएका प्रतियोगिताको चार सिजनको विजेता हो । गत सिजनदेखि सहभागिता जनाएको चर्च ब्वाइजले पहिलोपटक नै उपाधि हात पारेको थियो । योपटक आर्मीसामु निरीह बन्दा चर्च ब्वाइज पहिलो चरणमै घर फर्किन बाध्य बनेको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका नविन लामा घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । सोमबारको पहिलो क्वार्टर फाइनल खेल झापा–११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ ।


प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email