शिबु मुर्मुलाई ‘साधु रामचन्द मुर्मु – पं. रघुनाथ मुर्मु अवार्ड’ प्रदान

शिबु मुर्मुलाई ‘साधु रामचन्द मुर्मु – पं. रघुनाथ मुर्मु अवार्ड’ प्रदान

भारतको दार्जिलिङ जिल्लामा अन्तर्राष्ट्रिय सन्थाल परिषदद्वारा आयोजित “९ औं अन्तर्राष्ट्रिय सन्थाल सम्मेलन २०२६” को अवसरमा नेपालबाट सहभागी भएका झापा बाह्रदशी-०२, राजगढ निवासी शिबु मुर्मुलाई “Sadhu Ramchand Murmu – Pt. Raghunath Murmu Award” प्रदान गरिएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा उक्त सम्मान भारतका राष्ट्रपति द्रौपदी मुर्मुको हातबाट ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो। तर प्राविधिक कारणका कारण उद्घाटन सत्रमा पुरस्कार हस्तान्तरण हुन नसकेपछि पछि आयोजित सत्रमा भारतीय राजस्व लेखा सेवा (IRAS) का पूर्व अधिकारी उदयनाथ माझीले शिबु मुर्मुलाई उक्त सम्मान प्रदान गरेका थिए।

सन्थाल समुदायको भाषा र ओल चिकी लिपि डिजिटल क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी भएका मुर्मुलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिनु सन्थाल समुदायका लागि गर्वको विषय भएको सहभागीहरूले बताएका छन्।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360