बाह्रदशी गाउँपालिका न्यायिक समितिद्वारा तीन दिने पुनर्ताजगी तालिम सुरु

बाह्रदशी गाउँपालिका न्यायिक समितिद्वारा तीन दिने पुनर्ताजगी तालिम सुरु

२२ चैत २०८२, राजेश आचार्य ।

बाह्रदशी गाउँपालिका न्यायिक समितिको आयोजनामा तीन दिने पुनर्ताजगी तालिम आजबाट सुरु भएको छ।

न्यायिक समितिकी संयोजक शान्ता देवी शिवाकोटीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईं प्रमुख अतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, मेलमिलाप तथा सचेतना समाज नेपालका अध्यक्ष परमानन्द मिश्र, प्रशिक्षक अधिवक्ता टि.पी कडेल को सहभागिता रहेको थियो।

त्यसैगरी न्यायिक समितिका सदस्य गंगा राम धिताल तथा न्यायिक समितिका सदस्य विजय प्रकाश अधिकारीको समेत कार्यक्रममा उपस्थिति रहेको छ।

न्यायिक प्रक्रियासम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares