एक दिने कक्षा १ देखि ५ सम्म विद्यार्थी मू्याङ्कनका लागि शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न
बाह्रदशी प्याब्सनका अध्यक्ष निमेश ढुंगेलको अध्यक्षतामा सञ्चालन गरिएको विद्यार्थी मूल्याङ्कनका लागि शिक्षक अभिमुखिकरण कार्यक्रम मा प्रमुख अतिथि वडा नं २ का वडाअध्यक्ष भीम बहादुर कार्की रहनु भएको थियो।
उक्त कार्यक्रममा बाह्रदशी गाउँपालिका भित्र रहेका १० ओटा संस्थागत विद्यालयका ७० जना शिक्षक शिक्षिका हरुको सहभागीता रहेको थियो।
नेपाल सरकारले बाल मनोविज्ञानमा असर नपरोस् र अनावश्यक मानसिक दबाब नपरोस् भन्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म का विद्यार्थीहरुको पहिला जस्तो औपचारिक वार्षिक परीक्षा प्रणालीलाई प्राथमिकता नदिने नीति अघि सारे अनुरुप बालबालिकाहरूको सिकाइ प्रक्रिया, व्यवहार, सहभागिता र दैनिक प्रगतिलाई आधार बनाउने र विद्यालयले शिक्षकमार्फत वर्षभरि विद्यार्थीको पढाइ, गृहकार्य, कक्षाको सहभागिता, सीप र व्यवहारको आधारमा मूल्याङ्कन गर्नु पर्ने व्यवस्था अनुसार एक दिने कक्षा १देखि कक्षा ५ सम्म विद्यार्थी मू्याङ्कनका लागि शिक्षक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो बाह्रदशी प्याब्सन अध्यक्ष निमेश ढुंगेलले बताउनुभयो
कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेती, प्रशिक्षक लीला प्रसाद भण्डारी,
अतिथि प्याब्सन झापाका सदस्य खगेन्द्र सुवेदी,वाल्मीकि अङ्ग्रेजी स्कुल का प्रध्यानाध्यापक गंगाराम कँडेल, लिटिल स्टार बोर्डिङ स्कुलका सह प्रधानाध्यापक प्रेम विष्ट लगायत को उपस्थिति रहेको थियो।

उक्त एकदिने अभिमुखीकरण कार्यक्रमको सहजकर्ताका रुपमा प्रशिक्षक लीला प्रसाद भण्डारी रहनु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि वडा नं २का वडाअध्यक्ष भीम बहादुर कार्कीले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो।

कार्यक्रम लाई सञ्चालन बाह्रदशी प्याब्सन सचिव हरबहादुर सिंह राजवंशीले गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य ज्ञान ज्योति माध्यमिक विद्यालय का सहा – प्रधानाध्यापक सिताराम बरालले राख्नु भएको थियो।




