गाउँपालिकाले २ लाख काजक्रिया खर्च सहित परिवारलाई २२ लाख क्षतिपूर्ति

गाउँपालिकाले २ लाख काजक्रिया खर्च सहित परिवारलाई २२ लाख क्षतिपूर्ति

२४ असार २०८३, राजेश आचार्य ।

झापाको बाह्रदशी गाउँपालिका–५ स्थित गाउँपालिका कार्यालयको निर्माणाधीन नयाँ प्रशासकीय भवनमा रंग लगाउने क्रममा लडेर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको थियो। मृतकका परिवारलाई निर्माण कम्पनी, रङ्ग कम्पनी र गाउँपालिकाको तर्फबाट कुल २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ।

मंगलबार बिहान करिब ९ः४० बजे मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा गाउँपालिका कार्यालयको तीनतले भवनमा रंग लगाइरहेका बेला अचानक सन्तुलन गुमाई तल खसेका थिए। खस्ने क्रममा उनी बीचमा रहेको फलामको ग्रिलमा अड्किँदा निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको थियो।

दुर्घटनापछि गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीको सहयोगमा उनलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि बुधबार बाह्रदशी गाउँपालिकामा गाउँपालिका, निर्माण कम्पनी तथा सम्बन्धित पक्षबीच भएको छलफलमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको हो। सहमतिअनुसार निर्माण कम्पनी भगवती नेपाल पूर्वाधार जे.बी. र रङ्ग कम्पनीले संयुक्त रूपमा २० लाख रुपैयाँ तथा बाह्रदशी गाउँपालिकाले २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।

गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै निर्माणस्थलमा सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

2 thoughts on “गाउँपालिकाले २ लाख काजक्रिया खर्च सहित परिवारलाई २२ लाख क्षतिपूर्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares