झापा गोल्डकपले खेलाडी,रेफ्री,अफिसियल को गर्यो बिमा।

बिर्तामोड, फागुन १ । झापा गोल्ड कप र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौँ बीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


गोल्डकपले खेलाडी, रेफ्री, अफिसियल, प्राविधिक र स्वयमसेवकलाई हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी झापा गोल्डकपले दुर्घटना बीमा गरेको हो ।
आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
सम्झौतापत्रमा नेपाल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल र गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले हस्ताक्षर गरेका छन् ।
अधिकृत पोखरेलका अनुसार खेल अवधिभर रंगशालाभित्र खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुमध्ये कसैको दुर्घटना भएमा उपचार खर्च एक लाख रुपैयाँ र मृत्यु भएमा मृतकलाई कम्पनीले सात लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा कम्पनीका विभागीय प्रमुख अनल राउत र गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेल साक्षीका रुपमा रहेका छन् ।
यसैबीच, बीमा गर्दा लागेको सम्पूर्ण खर्चको प्रायोजन कम्पनीले व्यहोरेको छ । कम्पनीले तीन सयजनाको बीमा खर्च आफैँ व्यहोर्ने गरी सम्झौता भएको हो ।
त्यस्तै, प्रतियोगिताको इन्स्योरेन्स पार्टनरको रुपमा नेपाल इन्स्योरेन्स कम्पनी रहनेछ । कम्पनीले यसअघि पाँचौँ संस्करणको प्रतियोगितामा पनि खेलाडी तथा अफिसियलको बीमा गरिदिएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email