झापा बाह्रदशीमा जनवादी गायक राजन राइको एकल प्रस्तुति रहने ।

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–५ द्रोण मार्गमा राष्ट्रिय स्तरको एकल जनवादी गीति कार्यक्रम आयोजना हुने भएको छ ।


सहिद प्रजापति स्मृति प्रतिष्ठानको आयोजनामा फागुन २१ गते हुने गीति कार्यक्रममा झापा मा पहिलो पटक जनवादी गायक राजन राईको एकल प्रस्तुती रहने आज आइतबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

कान थापेर सुनिदेऊ बहिनी,शिरैमा मेरो शिरैको टोपी, तारा खस्यौली जस्ता जनप्रिय गीत गाएका राईले प्रजातन्त्र व्यवस्था प्राप्ति पछि पहिलो पटक झापामा यति ठुलो एकल गायन प्रस्तुत गर्न लागेका हुन ।

२०४३ सालमा तत्कालीन कम्युनिष्ट पार्टीको निर्देशनमा बेदराज रेग्मी, गुरुप्रसाद मैनाली, चन्द्र योङहाङ रुद्र शिवाकोटी, भुपाल शिवाकोटी, प्रजापति देवकोटालगायत अगुवा कम्युनिष्ट कार्यकर्ताहरूले तिहारमा जनवादी गीत गाउदै देउसी खेलिरहेको अवस्थामा तत्कालीन निरंकुश पञ्चायती व्यवस्थावादी समर्थकहरूको झुण्डले सुनियोजित तवरबाट आक्रमण गर्दा सहिद भएका थिए प्रजापति सापकोटा ।

जनवादी गीत सङ्गीतको संरक्षण, सम्वर्द्धन र प्रर्वद्धन, सहिद प्रजापति सापकोटालाई राष्ट्रिय सहिद घोषणा गर्न दवाव दिन, व्यवस्था परिवर्तनको लागि मुख्य सहयोगी भूमिकामा रहेका जनवादी कलाकारहरूको मान, सम्मान र महत्वलाई उजागर गर्न, समाजमा जनवादी संस्कारको विकास गरि समाजलाई चारित्रिक, नैतिकवान् एवं सभ्य बनाउन सहयोग गर्न, प्रतिष्ठानको दिगो विकास र संरक्षण, संस्थाको जग्गा घेराबारा तथा बहुउपयोगी सामुदायिक भवन निर्माण गर्ने लगायतका उद्देश्य राखेर नजवादी गीति कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।
सांगीतिक कार्यक्रममा तत्कालीन पञ्चायती व्यवस्था ढाल्नको लागि गाइएका सदाबहार गीतहरू प्रस्तुत उक्त कार्यक्रममा कम्तिमा २ हजार दर्शक श्रोतालाई उपस्थित गाउने, उक्त दिन प्रतिष्ठानको साधारण ,आजीवन र मानार्थ सदस्यता वितरण गर्ने आयोजकले जनाएको छ ।

सहिद प्रजापति प्रतिष्ठानको प्राङ्गणमा आयोजना हुने कार्यक्रमको लागि वाद्यवादनको सम्पूर्ण जिम्मा बिर्तामोडको सनलाइट म्युजिक स्टुडियोले लिने भएको छ भने दिवाकालीन योजना हुने कार्यक्रमको लागि ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको प्रतिष्ठानका सह-सचिव अनिल सापकोटाले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा तत्कालीन देउसी संयोजक भुपाल शिवाकोटी, जनवादी गायक राजन राई, स्थानिय जनवादी गायक गोपाल योन्जन,कृष्ण अधिकारी,सनलाइट म्युजिक स्टुडियो सञ्चालक हेमा भण्डारी योञ्जन लगायतको उपस्थिति रहेको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360