पुस्तक ‘द स्किल अफ एक्टिङ’ प्रकाशित
झापा बिर्तामोड
पुस्तक ‘ द स्किल अफ एक्टिङ’ प्रकाशित भएको छ ।

धेरै लामो समय सम्म अभिनय प्रशिक्षण गराउदै आएका अभिनय प्रशिक्षक तथा चलचित्र लेखक निर्देशक दिनेशराज शर्माले कलाका विभिन्न आयामहरु समेटी पहिलो पल्ट नेपाली परिवेश तथा थियटर र फिल्मी अभिनयका लागि आवस्यक सम्पुर्ण गुणहरुको उल्लेख गर्दै पुस्तक प्रकाशन गरेका हुन ।
पुस्तक प्रकाशित हुनासाथ आक्रमक रुपमा अग्रिम बूकिङ भइरहेको यस पुस्तकमा, प्रदर्शन कला, स्टेज र फिल्मी अभिनय, नाटक र नाटकका तत्वहरु , प्रकारहरु, साथै अभिनयका सिद्धान्तहरु, अभिनयका प्रकारहरु , नवरस र अभिनय सिक्ने थुप्रै सजिलो तरिकाहरु समावेस भएको कुरा लेखक दिनेशराज शर्माले बताउनु भयो ।

अभिनयका बिबिध दिशानिर्देशहरु समेटी, नेपालको थियटर र नाटकको संक्षिप्त इतिहास सहित यश पुस्तकमा आटेका छन ।
यश पुस्तकमा आफ्नो भनाइ राख्दै नेपालका बरिस्ट चलचित्र लेखक तथा निर्देशक लक्ष्मिनाथ शर्माले , यो पुस्तक सम्पुर्ण अभिनयका विद्यार्थी तथा प्रदर्शित कलालाइ बुझ्न र बुझाउन शिक्षक र अभिभावक सबैलाई आवस्यक रहेको कुरा लेख्नु हुन्छ । त्यसै गरी नेपाली चलचित्रका बिशिस्ट कलाकार सुशील पोखरेलले धेरै लामो समयदेखि अभिनयका विद्यार्थीहरुकोलागि आवस्यक रहेको नेपाली परिवेस मै लेखिएको यश पुस्तक लामो समयदेखि अभिनय अध्यन र अध्यापन गराइरहनु भएका दिनेशराज शर्माद्वारा तयार पार्नु भएकोमा विशेष आभार प्रकट गर्नु भएको छ । क्षितिज नाटय समुहका केन्द्रिय अध्यक्ष तथा झापा नाटकघर निर्माणका अभियन्ता माधब कल्पितले लेखक र पुस्तकको बारे लेख्दै अब प्रतेक बिद्यालयले नृत्य , गायन मात्र नभएर अभिनय कलालाइ पनि अतिरिक्त क्रियाकलाप कक्षाको रुपमा राख्नु पर्ने कुरालाइ जोड दिएका छन ।
तीन बर्ष अघि नै लेखिएको यो पुस्तकलाइ केही पुन सम्पादन गरि छापिएको यो पुस्तक थ्री स्टार प्रेस बागबाजारमा मुद्रण भएको हो भने यस पुस्तकलाई ग्रेस थियटरले बजारमा ल्याएको हो । १४५ पेज भएको र विद्यार्थीहरुलाई सजिलै बुझ्नकोलागी अङ्रेजी भाषामा लेखिएको यो पुस्तकको मूल्य रु. २७५।- छ भने विद्यार्थीहरुका लागि ३०% छुट दिइएको छ ।




