सप्तक संगीत बिधालय द्वारा मेनुका पौडेल लाई गृहनगर झापा मा भब्य स्वागत साथै अभिनन्दन

झापा । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे ।

उनलाई सप्तक संगीत बिधालय परिवारले भारतको बाग्डुग्रा एयरपोर्ट मै गएर स्वागत सहित नेपाल ल्याएको थियो। भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा ,धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरे । गृहनगर चारआलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरियो साथै सप्तक संगीत बिधालय परिवारले मेनुका पौडेल लाई एक कार्यक्रम गरि स्वागत सम्मान सहित अभिनन्दन समेत गरेको थियो।

उक्त समारोहमा मेनुकाले सबैलाई धन्यवाद दिदै भोलि नै डा.कुमार सुवेदीको शब्द,बिकास चौधरी को संगीत मा गीत रेकर्डिङ गर्ने कुराको समेत जानकारी दिएकी थिइन् । नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले र गायिका पबित्रा ओलिले मेनुकालाई सम्मान प्रदान गरे ।
इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् । उनले शो को क्रममा चर्चित ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु गरिन् । शो ले उनलाई निकै चर्चा दिलायो । उनले अबको एक वर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा व्यस्त हुने समेत बताएकी छन् ।

झापाको सप्तक संगीत बिधालय परिवारले आयोजना गरेको आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै मेनुकाले आफूलाई नेपाली संगीतले संघर्ष गर्नुपर्छ भनेर सिकाएको बताइन् । उनले यहाँसम्म आइपुग्नु नसोचेको सफलता भएको समेत बताइन् ।

‘मलाई एकदमै खुसी लागिरहेको । मैले नसोचेको सफलता हो यो । इण्डियन आइडलमा गीत गाउँछु भनेर मात्र भगवानसँग प्रार्थना गरेकी थिएँ । यहाँसम्म आइपुग्नु यो त सोचेको भन्दा पनि ठूलो सफलता हो । जुन हामीले विरलै मात्र प्राप्त गर्न सक्छौं,’ उनले भनिन् ।

उनले अघि भनिन्, ‘सलारको गीतपछि अरु फिल्मको पनि गीत गाउने । इण्डियन इन्डष्ट्रीमा राम्रै भइरहेको छ । बलिउडको प्लेब्याक गायनमा पनि हात हालेकी छु, आफ्नो पनि तयारी गर्छु । टपटेनमा पनि समावेश हुन पाउनु सबैको लागि खुसीको कुरा हो । मेरो मात्र होइन, नेपालको लागि पनि खुसीको कुरा हो ।’

उनले नेपाली संगीतले आफूलाई संघर्ष गर्न सिकाएको बताइन् । ‘यस्तो प्रतिस्पर्धा कुनै पनि प्रतिस्पर्धामा विरलै मात्र पाइन्छ । मेनुका बहिनीले मेहनत गर्नुपर्छ भन्ने कुरा नेपाली संगीतले सिकाएको हो,’ उनले भनिन् ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares