प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने।

१८ माघ २०८१, राजेश आचार्य।

प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

बाह्रदशी गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित गाउँपालिका भवन परिसरमा खेल हुन लागिएको आज पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी गराएको छ।

बाह्रदशी युवा तथा खेलकुद विकास समितिको समन्वय तथा प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन समितिको आयोजनामा यही मिति २०८१ माघ १९ देखि २२ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो।

प्रतियोगितामा झापाका १० पालिका सहित जम्मा १८ वटा पालिकाको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका सचिव कमल बानियाले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख २१ हजार २२१ सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले ७५ हजार ५५५ प्राप्त गर्नेछ।

सेमिफाइनलबाट बाहिरिने दुईवटा टिमले नगद १०/१० हजार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने प्रतियोगितामा उत्कृष्ट डिफेन्स, स्पाइकर, ब्लकर, लिफ्टरलाई, उदयमान खेलाडी जनही नगद २ हजार ५०० साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एक जनालाई खेलको उत्कृष्ट खेलाडी घोषणा गरी पुरस्कार समेत प्रदान गरिने बाह्रदशीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष मोहन कुमार उप्रेती जानकारी दिनभएको छ।

अनुमानित कुल आठ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको भनाइ रहेको छ। प्रतियोगिता संचालनका लागि बाह्रदशी गाउँपालिकाले २ लाख रुपैयाँ र बाह्रदशी युवा तथा खेलकुद विकास समितिले १ लाख रुपैयाँ सहित अन्य संघ संस्था र समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्वहरूले पनि सहयोग गरेको आयोजकले जानकारी दिएको छ।

आज बाह्रदशीमा भएको पत्रकार सम्मेलनमा बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चौलागाई, बाह्रदशी युवा तथा खेलकुद समितिका संयोजक डिक बहादुर श्रेष्ठ र आयोजक समितिका अध्यक्ष मोहन कुमार उप्रेतीले संयुक्त रूपमा प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गर्नुभएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email