फुलबारी मेलाको तयारी अन्तिम

विर्तामाेड, असाेज २७ । झापाको बाह्रदशी गाउँपालिकामा वडा नं ५मा रहेको फुलवारी स्कुलको मैदानमा दशैं को अन्तिम दिन लाग्ने दशैं मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।


कोजागरत पूर्णिमाको दिन अर्थात यति कार्तिक १ गते  लाग्ने फुलवारी मेला २०८१ को तयारी तीव्र गतिले अघि बढिरहेको छ। विगत ५-६ दशकदेखि चल्दै आएको यो   मेला विशेषत गाउँले परिवेशमा आयोजना हुने गर्दछ।जसले गर्दा धेरैलाई आफ्नु बालापन र गाउँ कै झल्को मेट्ने गर्नु का जसले गर्दा यसको लोकप्रियता र महत्व पनि पछिल्लाे समय निकै बढेको पाइन्छ।

करिब १० बिघा क्षेत्रफलमा फैलिने यस मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा, परम्परागत प्रर्दशनीहरु र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका साधनहरू पाइन्छन्। रोटीपिङ, झुलुङ्गा जस्ता खेलहरूले मेलालाई थप आकर्षक बनाउँएकाे हुन्छ । मेलाको मुख्य आकर्षण संथाल नृत्य नै हो।उक्त मेला लाई अवलोकन गर्न नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट विभिन्न समुदायका मानिसहले सहभागिता जनाउँछन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगद पुरस्कारसहित मेला समितिले सम्मान समेत गर्ने गरेकाे छ।

मेला प्रचार प्रसार विभागका संयाेजक खेम पाैडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने अनुमान छ। एक दिने यस मेलामा ३ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। शुरुमा आदिवासी समुदायले थालनी गरेको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बनेको छ, जसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउँछ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360