बाहृदशीको SEE परीक्षामा २२.५० प्रतिशत ले सुधार।केही सामुदायीक विद्यालयको अवस्था अझै नाजुक।

बाह्रदशी,झापा

गत वर्षको SEE नतिजालाई हेर्ने हो भने यस वर्षको एसइइ परीक्षामा उत्तीर्ण सङ्ख्याको २२.५० प्रतिशतले वृद्धि भएको पाइन्छ।

तसर्थ समग्र गाउँपालिकाको शैक्षिक क्षेत्रमा केही सुधार भएको देखिन्छ यो भनिराख्दा अझै पनि बाह्रदशी गाउँपालिकाको शैक्षिक क्षेत्रमा सन्तुष्टि गर्ने ठाउँ भने छैन। गतवर्षको नतिजालाई हेर्दा केही सामुदायिक विद्यालयहरूको शैक्षिक क्षेत्रमा सुधार भएको देखिन्छ भने जनविकास मावि,पञ्चमण मावि र अमृत मावि को शैक्षिक क्षेत्र जहाँको त्यही रहेको देखिन्छ।

गएको साल अमृत माध्यमिक विद्यालय बाट ७१ जना सहभागी विद्यार्थीमध्ये एक जना मात्रै उत्तीर्ण भएको पाइन्छ।भने यसपालिको एसइइमा पनि अमृत माध्यमिक विद्यालयबाट एकजना मात्रै उत्तीर्ण भएको छ। त्यसैगरी पञ्चमणि माध्यमिक विद्यालय बाट गतवर्ष २१ जना विद्यार्थी सहभागी रहेका थिए भने दुई जना उत्तीर्ण भएका थिए भने यो वर्ष बन्छ भने माध्यमिक विद्यालयबाट एकजना मात्रै उत्तीर्ण भएको छ।त्यसैगरी जनविकास माध्यमिक विद्यालय बाट गतवर्ष २१ जना विद्यार्थी सहभागी रहेका थिए भने परिणाम भने शून्य रहेको थियो। यो वर्ष भने जनविकास माध्यमिक विद्यालयले एकजना विद्यार्थी उत्तीर्ण गराएको छ। यसरी हेर्दा बाह्रदशी गाउँपालिकाले शिक्षा क्षेत्रमा अझै सुधार गर्नुपर्ने देखिन्छ।

शुक्रबार साँझ आएको एसईई नतिजामा झापाको बाह्रदशी गाउँपालिका अन्तर्गतका ३ सामुदायिक विद्यालय बाट एक/एक्न जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। बाह्रदशी वडा नम्बर ६ को मञ्चमणी मावि, बाह्रदशी ४ को जनविकास मावि र बाह्रदशी १ को अमृत माविबाट परिक्षामा सामेल विद्यार्थीमध्ये १/१ जना मात्रैले उत्तीर्ण हुन चाहिने न्युनतम ग्रेड ल्याउन सफल भएका हुन्।मञ्चमणी माविका १४ जान परिक्षामा सहभागी विद्यार्थी मध्ये १ जना पास, जसको पास प्रतिशत ७.१४ रहेको छ। यस्तै जनविकास माविका परिक्षामा सामेल १९ विद्यार्थीमा १ जना पास, जसको पास प्रतिशत ५.२६ र अमृत माविका २९ जनामा १ जना पास, जसको उत्तीर्ण प्रतिशत ३.४५ रहेको छ।सामुदायिक विद्यालयमध्ये सबैभन्दा राम्रो नतिजा बाह्रदशी ३ मा रहेको पशुपति माविले ल्याएको छ। १२५ परिक्षामा सहभागी विद्यार्थी मध्ये ८९ जना उत्तीर्ण भएका छन्। पशुपतिको पास प्रतिशत ७१.२० रहेको छ। वडा नम्बर ५ मा रहेको फूलबारी माविका ५० प्रतिशत विद्यार्थी पास भएका छन् । यस्तै बाह्रदशी ७ को गौरीशंकर माविका ४० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।यता संस्थागत विद्यालयहरूमा सबैभन्दा राम्रो नतिजा बाह्रदशी ६ मा रहेको दिपजन अंग्रेजी माविले प्रप्त गरेको छ। दिपजनका परिक्षामा सहभागी ३९ विद्यार्थी मध्ये ३८ जना उत्तीर्ण भएका छन्। जसको उत्तीर्ण ९७.४४ प्रतिशत रहेको छ।समग्रमा सामुदायिक विद्यालयका २६६ परिक्षार्थी मध्ये १३९ जना उत्तीर्ण भएका छन्। जसको उत्तीर्ण प्रतिशत ४७.७४ प्रतिशत रहेको छ। उता संस्थागत विद्यालयका कुल २२७ विद्यार्थी मध्ये १६८ जना पास भएका छन्। जसको उत्तीर्ण प्रतिशत ७४.८१ रहेको छ।बाह्रदशी गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय मध्ये उत्कृष्ट अंक पशुपति माविका सलुप घिमिरेले प्रप्त गरे। उनले ४.९६ जिपिए ल्याउन सफल भए।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email