बाह्रदशी उद्योग बाणिज्य संगको एक दिवसीय कर तथा लेखा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

बाह्रदशी उद्योग बाणिज्य संगको आयोजनामा एक दिवसीय कर तथा लेखा सम्बन्धिअभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोगमा संचालित तालिममा ५५जना व्यावसायि महिला पुरुषहरुको सहभागिता रहेको थियोे ।

व्यावसायिहरुलाइ कर तथा लेखा सम्बन्धि जानकारी  गराउने उद्धेश्यले कार्यक्रम को आयोजना गरिएको संस्था का अध्यक्ष खगेन्द्र कार्कीले जानकारी गराउनु भयो।बाह्रदशी गाउँपालिकामा ब्यबसायीहरुका समस्या र हकहितका लागि स्थापना भएको  यस उद्योग बाणिज्य संगले बाह्रदशी गाउँपालिका भित्र रहेका ब्यबसायीहरु लाई लक्षित गरी विभिन्न समयमा नापतौल,कर तथा लेखा सम्बन्धि कार्यक्रमको आयोजना गर्दै आहिरहेको छ ।

संस्थाका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका  उपाध्यक्ष शान्ता देवी सिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यपालिका सदस्य मान बहादुर राजवंशी,वडा सदस्य हेमलाल दाहाल,लक्ष्मी साकोसका अध्यक्ष प्रेम घिमिरे,पदमलाल राजवंशी  लगायतको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बाह्रदशी गाउँपालिका  वडा अध्यक्ष भिम बहादुर कार्की ,बाह्रदशी सामुदायिक सिकाइ केन्द्र राजगढ ३ का अध्यक्ष राम प्रसाद दुलाल,माछापुच्छ्रे बैंक बाह्रदशीका शाखा म्यानेजर श्याम पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

बाणिज्य संघकी उपाध्यक्ष रेनुका भुर्तेल ले शुभकामना मन्तव्य राखेको कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि पालिका उपाध्यक्ष सान्तादेबी सिवाकोटीले कार्यक्रममा बोल्दै सबै व्यावसायिहरुलाइ कर को दायरा भित्र आउन आग्रह गर्नु भएको थियो।


बाह्रदशी उद्योग बाणिज्य संघका सचीव जय प्रसाद आचार्यले संचालन गरेको कार्यक्रममा प्रशिक्षक द्वाय  लेखा व्यावसायि घनेन्द्र प्रसाद ढकाल र सि.ए. बिकास शाहाले कर तथा लेखा सम्बन्धि प्रशिक्षण दिनु भएको थियो भने सहभागिको तर्फबाट बाह्रदशी सामुदायिक क्याम्पसका लेखापाल सुपाल राजवंशीले  कार्यक्रम आयोजना गरेर हामिलाइ जानकारी गराउनु भएको मा खुसी व्यक्त गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares