बाह्रदशी गाउँपालिका वडा १ ले बाड्यो खेलकुद सामाग्री

खेलाडीहरुको खेलकुदलाई मध्य नजर गर्दै झापाको बाह्रदशी गाउँपालिका वडा न.१ ले आज खेलकुद सामाग्री वितरण गरेको छ ।


आर्थिक बर्ष २०८०-०८१ को वडाको स्वीकृत सिलिङ बजेट बाट एक लाख बराबरको खेलकुद सामाग्री खरिद गरि खेलाडीहरुलाइ वितरण गरेको हो।


बाह्रदशी गाउँपालिका वडा न.१ को खेलकुद बिकास समितिले खेलकुद सामग्री खरिद गरि वडाका विभिन्न टोल हरु बक्राझाडि टोल, भगडुब्बा पश्चिम् टोल,b.o.p भगडुब्बा,साधुप्रती टोल,नयाँ बस्ती डोल,सिप्तावारि टोल, डिक्लिबारि टोल ,चियाबगान टोल,बर्राडाडा टोल लगायतका खेलाडी हरुलाइ खेलकुद क्षेत्रको  बिकास गर्ने उद्देश्यले सामाग्री खरिद गरि वितरण गरिएको वडा सदस्य बिजय प्रकाश अधिकारीले बताए।

वडाले क्रीकेटको सेट,भलिबल,फुटवल,व्याटमिन्टन, चेस बोड,क्याराम बोड लगायतका खेलकुद सामाग्री  हरु खरिद गरि वितरण गरेको हो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares