बाह्रदशी गाउँपालिका स्तरीय महिला मूल समितिले ११५औँ अन्तराष्ट्रिय श्रमीक महिला दिवस मनायो।

बाह्रदशी गाउँपालिका स्तरीय महिला मूल समिति द्वारा ११५ औँ अन्तराष्ट्रिय श्रमीक महिला दिवस एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ।

   बाह्रदशी गाउँपालिका उपाध्यक्ष्य शान्ता देवी सिवाकोटी को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका  भित्र रहेका ७ वटै वडा महिला समितिका महिला दिदिबहिनीहरूले विभित सांस्कृतिक नृत्य हरु प्रस्तुत गरी सम्पन्न गरिएको हो।

पालिका स्तरीय महिला महिला मूल समितिकी अध्यक्ष बिन्दादेवी निरौला को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष वीरबहादुर सिंह राजवंशी,वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष भूपेन्द्र कटवाल,समाजसेवी अनिल सापकोटा,कृष्ण अधिकारी जीवन खरेल,बाह्रदर्शी गाउँपालिका पूर्व उपाध्यक्ष रत्ना राजवंशी, ओम शान्ति घैलाडुबा कि शान्ति आमा वडा सदस्य जय तिम्सिना राधिका भट्टराई दुकाकुमारी बिक लगायतको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि बाह्रदर्शी गाउँपालिका उपाध्यक्ष शान्तादेवी सुवाकोटी ले बोल्दै महिलाहरूलाई ३३% मात्र होइन राज्यको प्रमुख निकायमा महिलाहरूको पनि  पुरुष सरह नै सहभागिता राज्यले दिनुपर्छ भन्ने कुरा राख्नुभएको थियो। त्यसैगरी कार्यक्रममा बोल्दै पूर्व वडाध्यक्ष भूपेन्द्र कटवालले महिलाहरू नेपालको परिवेशमा पुरुष भन्दा बढी भएको र उनीहरूलाई पुरुष भन्दा बढी नेतृत्व राज्यले दिनुपर्छ तर त्यसको लागि महिलाहरू स्वयं सक्षम र आफ्ना हक अधिकारको लागि लड्नुपर्छ भन्ने कुरा व्यक्त गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा पूर्व उपाध्यक्ष रत्नकुमारी राजवंशी पूर्व महिला मूल समिति अध्यक्ष रेणुका भुर्तेल वडा अध्यक्ष वीरबहादुर सिंह राजबंशी लगायत विभिन्न अतिथिहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सञ्चालन पालिका स्तरीय महिलामुल समिति सचिव बालकुमारी लामिछाने बजगाईंले गर्नुभएको थियो भने कार्यक्रमलाई समापन पालिका स्तरीय महिलामुल समिति अध्यक्ष बिन्दा निरौलाले गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares