बाह्रदशी जेसीजको चौथो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।
बाह्रदशी जेसीजको चौथी पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

बाह्रदशी ३ स्थित बाह्रदशी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रमा बाह्रदशी जेसीज बर्ष २०२४ का अध्यक्ष खगेन्द्र सुबेदिले फुली तथा संस्थापक अध्यक्ष बिगम श्रेष्ठ र पुर्व अध्यक्ष पुस्प धमला ले चेन लगाएर बर्ष २५ का अध्यक्ष तिर्थ प्रसाद काफ्लेलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

बाह्रदशी गाँउपालिकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाइको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बाह्रदशीका विभिन्न वडाका वडाध्यक्षहरू, बाह्रदशी गापाका विभिन्न शाखाका अधिकृतहरू, जेसीजका केन्द्रीय पदाधिकारी, विभिन्न शाखाका अध्यक्ष, विभिन्न संघ संघसस्थाका प्रमुखहरूको आतिथ्यता रहेको थियो ।

पुष १२ गते सम्पन्न भएको अधिबेशन बाट निर्वाचित सम्पुर्ण पदाधिकारी को नाम निर्वाचन आयुक्त बाह्रदशी जिसिजका बर्ष २३ का अध्यक्ष लक्ष्मी उप्रेती ले बाचन गर्नु भएको थियो भने संस्थापक अध्यक्ष बिगम श्रेष्ठले बर्ष २३ का अध्यक्ष लक्ष्मी उप्रेती लाई पुर्वअध्यक्ष घोषण गर्दै पुर्व अध्यक्ष को स्थान मा राख्नु भएको थियो।
नवराज दाहाल को संयोजक मा संचालित कार्यक्रम मा बर्ष २४ का उत्कृष्ट जेसि सदस्य हरुलाइ विभिन्न बिधामा पुरस्कार वितरण गरिएको थियो।पुरस्कृत हुने हरुमा बेस्ट जेसिज अफ द इयर नवीन त्रिताल ,बेस्ट कोडिनेटर मनोज खतिवडा ,बेस्ट एक्टिभ बोर्ड मेम्बर अर्जुन महतरा ,बेस्ट बोर्ड मेम्बर तिर्थ काफ्ले ,बेस्ट सपोर्टर संजय शाह लगायत ले प्राप्त गर्नु भएको थियो।
कार्यक्रममा बर्ष २०२५का अध्यक्ष तिर्थ काफ्ले ले आफ्नो टिमलाइ पूर्णता दिदै सपथ गराउनुभयो । काफ्ले ले महासचिवमा सदिच्छा खड्का, कोषाध्यक्षमा पुस्प भट्टराई , कानुनी सल्लाहकारमा डिक कुमार कटुवाल,त्यसै गरि कार्यकारिणि उपाध्यक्षमा राजु अधिकारी र बिश्वास गौतम , उपाध्यक्षहरूमा बिक्रम कट्टेल, तुलसी खरेल, गोपाल उप्रेती र गोकुल घिमिरे लाई मनोनयन गर्नुभएको थियो भने सदस्य बिर्दी मा सबिना श्रेष्ठ लाई मनोनीत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्नुहुदै बाह्रदशी गाउँपालिका अध्यक्ष चम्लागाइले गाउँपालिकाले गर्नपर्ने कामहरू जेसीजले गरेकोमा प्रसम्सा गर्नुहुदै आगामि दिनमा पनि यस्तै कामहरू हुने विश्वास व्यक्तगर्नुहुदै जेसीज भवन निर्माण गर्न आवश्यक सहयोग गरिने प्रतिवद्दता व्यक्त गर्नुभयो । नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटाले शुभकामना मन्तव्य राख्नुहुदै बाह्रदशी जेसीजले अहिलेसम्म उत्कृष्ट कामहरू गरेको भन्दै प्रसम्सा गर्नुभएको थियो ।
कार्यक्रमका संयोजक नवराज दाहालले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन बर्ष २०२४का महासचिव संजय शाहले गर्नुभएको थियो । पदभार ग्रहण पछिको कार्यक्रमको सञ्चालन बर्ष २५ का महासचिव सदिच्छा खड्काले गर्नुभएको थियो ।




