बाह्रदशी मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
झापाको बाह्रदशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

माघ ९ र १० गते संचालन गरिएको खेलमा १४ वटा बिध्यालय ले सहभागीता जनाएका थिए।
शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रमको अध्यक्षता सामाजिक बिकास समिति सम्योजक पन्चानन राजवंशी ले गर्नु भएको थियो।

उद्घाटन कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश शिक्षा शाखा प्रमुख ज्ञान् बहादुर पौडेलले गर्नु भयो भने गाउपालिका प्रमुख देबिन्द्र प्रशाद चम्लगाइ र प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला ले शुभकामना मन्तव्य राख्नु भएको थियो।कार्यक्रम को उद्घाटन प्रमुख अतिथि दिबिन्द्र प्रसाद चम्लगाइले पानसमा दियो बाली ब्यानर बाचन गरेर गर्नु भएको थियो भने ट्रयाक को उद्घाटन गाउपालिका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत ,वडा अध्यक्ष ,वडा सदस्य लगायतले १०० मिटर दौडिएर उद्घाटन गरिएको थियो।

दुई दिन सम्म संचालन रहेको खेलमा भलिबल, एथलेटिक्स र कराते गरि तीन बिधाका छात्र छात्रा गरि ३२ वटा खेल खेलाइएको थियो। सहभागी १४ वटा बिध्यालय बाट ९ स्वर्ण ७ रजत र४ कास्य सहित गौरीशंकर माबी प्रथम,पशुपति माबी दोस्रो र नमुना तेस्रो स्थान प्राप्त गर्न सफल भए।प्रथम,दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने बिध्यालयले ट्रफि तथा क्रमश नगद पुरस्कार २० हजार ,१५ हजार र १० हजार प्राप्त गरेका थिए,भने सहभागी बिध्यालयलाइ प्रमाणपत्र र मायाको चिनु समेत वितरण गरिएको थियो।



